• सनातन हिन्दु धर्मावलम्बीले आज रामनवमी मनाउँदै

    सनातन हिन्दु धर्मावलम्बीले आज रामनवमी मनाउँदै

    मिथिला के सिया धिया जगत् जननी भैल
    मिथिलाकी सिया अर्थात् सीता जगत् जननी हुन । आजको दिन माता सीता र मर्यादा पुरुषोत्तम भगवान् रामको चरणमा अर्पण ।
    रामायणको सानो टुक्रा

    सुरु गरौँ वाल्मीकि रामायणको एउटा घटनाक्रमबाट, एक दिन वनवासको बेला मर्यादा पुरुषोत्तम भगवान् श्री राम र सीताबिच लुकामारी चल्दछ । एउटा सामान्य दम्पतीजस्तै मायालु भावहरूबिच चलिरहेको लुकामारीमा राम एक्कासि धेरै बेरसम्म लुकेपछि जङ्गलमा रहनुभएकी सीताले एउटा मिठो बिलौना अझ भनौँ पुकार गर्नुहुन्छ जसलाई भक्त कबिर लगायत थुप्रै भजन स्रष्टाले छन्द अनि गद्यका रूपमा लेख्नुभएको छ । आउनुहोस्, सरल नेपाली भजनकारुपमा हाम्रो आफ्नै नेपाली भाषामा प्रस्तुत छ, केवल हाम्रो पात्रोमास्

    सीता रानी आज्ञा गर्नुहुन्छ१
    हे राम , कहाँ लुक्नुभएको,
    आउनुहोस् राम, हृदयको दियो जलाउनुहोस् राम
    पुरुष महिलाबाट नै बनेको संसार, एउटा बिना अर्को बेकार
    छुटेको साथ, मिलाउनुहोस् राम, हृदयको दियो जलाउनुहोस् मेरा राम
    मेरो बचन निभाउनु मेरा राम, हृदयको दियो जलाउनुहोस् राम

    यी अनि यस्ता धेरै रोमाञ्चक भजन, घटनाक्रम अनि पात्रहरूले रामायणको समग्र प्रस्तुतिकर्ता एउटा महान् ग्रन्थ बनाउन सकेको हुनुपर्छ ।

    राम अनि सीताको जीवनको वरिपरि रहेर तुलसीदासले ‘रामचरित्रमानस’मा अवधि भाषामा कथेका छन् । यसै रामचरित्रमानसका अवधि श्लोकहरूका आधारमा आज नेपालको तराई लगायत भारतका विभिन्न ठाउँमा रामलीला अनि श्लोकहरूकै लय अनि माधुर्ययतामा राम सीताका कथाहरू प्रस्तुत गरिन्छ ।
    उनले रावणलगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख छ। ​कर्तव्यपालनाको दृष्टान्त दिँदा राम र लोककल्याणकारी राज्यको उदाहरण दिँदा रामराज्यको उल्लेख गरिन्छ।

    रामनवमी पर्वमा रामको चरित्र वर्णन गरिएका भागवतलगायतका पुराण, रामायणलगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा छ। ​रामनवमीको अवसरमा उनको जन्मभूमि अयोध्या ९भारत० र ससुराली जनकपुर ९नेपाल० क्षेत्रमा उत्सव चल्छ।

    रामनवमीका अवसरमा काठमाडौंमा बत्तीसपुतली र पाशुपतक्षेत्रस्थित राममन्दिरमा भक्तजनको घुइँचो लागेको छ। रामनवमीकै दिन वासन्ती नवरात्र पूरा हुन्छ।

    रामनवमीका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain