बझाङ(१ (क)मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले विजयी भएको छ।
एमालेका दमनबहादुर भण्डारी उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पछि पार्दै विजयी भएका हुन्।
एमालेका भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन्।
यस्तै, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ९६७ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१३ मत प्राप्त गरेका छन्।
सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असारमा दुर्घटनामा परी मृत्यु भएपछि यहाँ यही वैशाख १५ गते उपनिर्वाचन भएको हो।
कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी