• कैलालीको बर्दगोरिया गाउँपालिकामा क्याम्पस संचालनको तयारीले पुर्णता पायो

    कैलालीको बर्दगोरिया गाउँपालिकामा क्याम्पस संचालनको तयारीले पुर्णता पायो

    कैलालीको बर्दगोरिया गाउँपालिकामा क्याम्पस संचालनको तयारीले पुर्णता पाएको छ । त्रिभुवन विस्वविद्यालयले बर्दगोरियालाई, बर्दगोरिया कलेजको प्रमाणपत्र प्रदान गरेपछि क्याम्पस संचालनको बाटो खुलेको हो ।

    यसअघि काठमाडौमा संचालित क्लासिक कलेज अफ हाइयर स्टडिज, कलेजको नाम ठेगान परिवर्तन गरि त्रिभुवन विस्वविद्यालय कार्यकारी परिषदले बर्दगोरिया कलेजको प्रमाणपत्र क्याम्पस प्रमुख चन्दा खरेललाई प्रदान गरेको हो । त्रिभुवन विस्वविद्यालय, मानविकी संकायका डीन र प्लानिङ डाइरेक्टरले बर्दगोरिया कलेजकी प्रमुख खरेललाई सो प्रमाणपत्र प्रदान गरेका हुन ।

    निजि क्षेत्रबाट संचालित अबस्थामा रहेको सो कलेजलाई अब भने बर्दगोरिया गाउँ सरकारले संचालन गर्नेछ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की, यहाँका शिक्षाप्रेमी तथा समाजसेवीको अथक प्रयासपछि बर्दगोरियामा क्याम्पस संचालनको कार्यले पुर्णता प्राप्त गरेको हो ।

    बर्दगोरियामा यसअघि क्याम्पस नहुदा यहाँका सैयौ विद्यार्थी उच्च शिक्षाका लागि लम्की, घोडाघोडी र जोशीपुर गाउँपालिकामा संचालित क्याम्पस धाउन बाध्य थिए । सोही अबस्थालाई मध्यनजर गरि आफ्नै पालिकामा क्याम्पस संचालनकोलागि थालिएको प्रयास सफल भएको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताए । उनकाअनुसार यसै शैक्षिकसत्र बाट पढाइ हुनेगरी कार्यक्रम अगाडि बढाइनेछ ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain