सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजको मानक भाषा केलाई बनाउने भन्ने चर्चा भैरहेका बेला यस सम्बन्धि छलफल तथा सुझाब संकलन शुरू भएको छ।
शनिबार कैलालीको जोशीपुरमा सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानको आयोजनामा भएको अन्तरक्रिया तथा सुझाब संकलन गोष्ठीमा वक्ताहरूले बोली चाली र बक्ताहरूको संख्या हेरेर मानक भाषा निर्धारणको निर्णय हुनु पर्ने सुझाब दिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रथम मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले दिएको ब्यबस्था अनुरूप प्रदेशमा सरकारी कामकाजको भाषा निर्धारणमा ढिलाई गर्न नहुने बताए।
उनले तुलनात्मक रूपमा डोटेली र थारू भाषा यस प्रदेशका मुख्य भाषा भएकोले दुबै भाषालाई सरकारी मानक भाषा निर्धारण गर्दा उपयुक्त हुने सुझाब दिए। कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा।टीएन जोशीले भाषा आयोगले दुइ वर्ष अघि नै सुदूरपश्चिम प्रदेशको लागि डोटेली र थारू भाषालाई मानक भाषा मान्न सकिने थुप्रै आधारहरू सहित सरकारलाई प्रतिवेदन बुझाइसकेको भए पनि ऐन बन्न नसक्दा कार्यान्वनयनमा आइनसकेको बताए।
उनले प्रतिष्ठानले प्रदेशको मानक भाषाका लागि छलफल शुरू गरिसकेको बताउदै सबैतिरबाट प्राप्त सुझाबका आधारमा भाषा आयोग र सरकारलाई सिफारिस गरिने बताए।कार्यक्रममा डोटेली भाषालाई सरकारी कामकाजको भाषा बनाउनु पर्ने आधारसहित अनुसन्धानकर्ता केशबनाथ योगी र थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउनु पर्ने आधारसहित टिकापुर बुहमुखी क्याम्पसका सहप्राध्यापक नाथुराम चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए।योगी र चौधरीको कार्यपत्रमाथि बीरेन्द्र विद्या मन्दिरका प्राचार्य डा। योगेन्द्र बजगाई र विश्लेषक बिजयराज श्रेष्ठले टिप्पणि प्रस्तुत गरेका थिए।
कार्यक्रममा संविधान सभा सदस्य हरि ज्ञवाली अखण्ड, पूर्व सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरी,संस्कृतिकर्मी केपी कलौनी,प्रेम कुँवर,विवस चौधरी, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, शिक्षक, बुद्धिजिबी लगायतको सहभागिता थियो। कार्यक्रम सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानका उपकुलपति डा।टीएन जोशीको सभापतित्वमा भएको हो। कार्यक्रमको सहजीकरण रेडियो मनको मझेरी ९१ मेगाहर्ज पहलमानपुकार प्रवन्ध निर्देशक विवश चौधरीले गरेका दिए ।
कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी