वंशाणुगत रोग सिकलसेल एनिमिया परीक्षण गरेरमात्रै थारु समुदायका युवायुवतीलाई विवाह गर्न सुझाव दिइएको छ।यो समुदायमा बढी मात्रामा देखा परिरहेको सिकलसेल रोग रोकथामको यही एकमात्र उपाय भएका कारणले सिकलसेल परीक्षण गरेरमात्रै विवाह गर्न सुझाइएको हो।
रोग रोकथामका लागि सिकलसेल रोग नभएका बीचमात्रै विवाह हुन आवश्यक रहेको सेती प्रादेशिक अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. सुमन चौधरीले बताए।पछिल्लो समय स्थानीय तहसहित विभिन्न निकायले निःशुल्क शिविर आयोजना गरेर सिकलसेल थाहा पाउनका लागि ‘सिक्लिङ्ग टेस्ट’ गर्ने गरेका छन्।
सिकलसेल एनिमिया रोग रहेको पुष्टि गर्न भने सेती प्रादेशिक अस्पतालमामात्रै परीक्षणको व्यवस्था रहेको छ। पहिले यो सेवा निःशुल्क दिइए पनि पछिल्लो समय एक हजार रुपियाँ शुल्क लिने गरिएको छ।सिकलसेल रोग भएका अभिभावकबाट जन्मिने बच्चालाई यो रोग सर्ने भएकाले सिकलसेल रोग लागेका व्यक्तिले विवाह गर्न नहुने वा गरिहालेमा बच्चा जन्माउन नहुने डा. चौधरीले बताए।
यसैगरी, सिकलसेल रोगीहरूले थप स्वास्थ्य समस्या बढ्न नदिनका लागि पोषिलो खानपानमा ध्यान दिनु पर्ने, नियमित रगत जाँच गराउनु पर्ने औँल्याइएको छ। सिकलसेल जनस्वास्थ्य समस्याको रूपमा देखा परेपछि यो रोगका बिरामीलाई नेपाल सरकारले एक लाख रुपियाँ बराबरको उपचार सहुलियत दिदैं आएको छ।
कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी