• टीकापुरमा टाढाबाट ढुङ्गा हानेर सद्भाव खलबल्याउने काम हुँदै छ : रेशम चौधरी

    टीकापुरमा टाढाबाट ढुङ्गा हानेर सद्भाव खलबल्याउने काम हुँदै छ : रेशम चौधरी

    पहलमानपुर,भाद्र ७, टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउँदको सालिक अनाबरण गरिएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी, टेक बहादुर साउँदका बाजे जङ्ग साउँद र बुवा आमाले संयुक्त रूपमा सालिक अनावरण गरेका हुन् ।
    अनाबरण कार्यक्रममा बोल्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउँद आफ्नो पनि बच्चा रहेको बताएका छन् ।


    उनले भने, ‘नेत्र साउँद र म दाइ भाइ हो । उहाँको बच्चा मेरो पनि बच्चा हो । हाम्रो भावनामाथि खेल्ने प्रयास हुँदै छ । मलाई जबरजस्त हत्याराको रूपमा उभ्याउन खोजियो । तर उहाँहरुले मलाई र टीकापुरलाई बुझ्नुभएको छ । उहाँहरूकै आशिर्बाद र सद्भावले म माननीय पनि भए । मैले सालिक बनाउँदै गर्दामा पनि धेरैले भनेछन् सालिक ल्याउन नलगाउनुस् ।


    त्यस्तै, उनले टीकापुरमा टाढाबाट ढुङ्गा हानेर सद्भाव खलबल्याउने काम समेत भइरहेको खुलाएका छन् । उनले अगाडि थपे, ‘टीकापुरमा भद्र ७ गते घटना घट्यो । दुभाग्र्यपूर्ण घटना घट्यो । आधिकार प्राप्तिको लागि अखण्ड र थरुहट आन्दोलन भयो । संयोगले अखण्ड सुदूरपश्चिमको माग सम्बोधन भयो । असन्तुष्ट थरुहट आन्दोलनकारीभित्र आगोको झिल्को थियो । त्यही आगोको झिल्कोमा अरूले खाना पकाउने कार्य गरे । टाढाको मान्छेले ढुङ्गा हानेर यहाँको सद्भाव खलबल्याउने काम भइरहेको छ ।’


    यसैबीच उनले आफू टीकापुरको विकास र समृद्धि मात्रै चाहेको बताएका छन् । टीकापुरलाई टीकापुर बनाउनमा आफ्नो पनि लगानी रहेको बताउँदै उनले सबै मिलेर टीकापुरलाई समृद्ध बनाउनुपर्ने उल्लेख गरे । यसैबीच टेक बहादुरको सालिक अनावरण अनावरण गरिएको छ ।
    २०७२ भदौ ७ गते थरुहट–थारुवान आन्दोलनको क्रममा टीकापुर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा गोली लागेर साउँदको मृत्यु भएको थियो ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain