• निजि स्रोतको शिक्षकहरूलाई स्वतः नगर अनुदान शिक्षक घोषणा गर्दे  घोडाघोडी नगरपालिका

    निजि स्रोतको शिक्षकहरूलाई स्वतः नगर अनुदान शिक्षक घोषणा गर्दे  घोडाघोडी नगरपालिका

    कैलालीको घोडाघोडी नगरपालिकाले सामुदायिक विद्यालयमा अध्यापन गराउने निजी स्रोतका शिक्षक शिक्षिकाहरूलाई स्वतः नगर अनुदान शिक्षक घोषणा गर्ने तयारी गरेको छ । त्यसको लागी अहिले सबै सामुदायिक विद्यालय बाट निजी स्रोतका शिक्षक शिक्षिकाहरूको विवरण सङ्कलन गर्ने काम भइरहेको बताईएको छ ।  घोडाघोडी नगरपालिका नगर शिक्षा ऐन २०७७, नगर शिक्षा नियमावली २०८० को परिच्छेद ६, नियम ९८ मा उल्लेख भए बमोजिम प्रकृया पुर्‍याएर नगर अनुदान शिक्षक घोषणा गर्ने पालिकाले जनाएको छ ।

    कार्यपालिकाको बैठकले नगर अनुदान शिक्षकको लागी प्रा.बिमा २८, नि.माविमा ६३ र माविमा ३० गरी १२० दरबन्दी निर्धारण गरिसकेको नगर प्रमुख खडक बहादुर रावतले बताए । लामो समय देखी सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोत शिक्षकहरूको माग सम्बोधन गर्न नगरपालिका लागी परेको उनले भनाई छ ।

    नगर अनुदान शिक्षक घोषणा गर्दा निजी स्रोतका शिक्षक शिक्षिकाहरूको समस्या समाधान हुने उनको भनाई छ । नगर शिक्षा नियमावली, २०८० स्थानीय राजपत्रमा प्रकाशित भए सँगै नियमावली कार्यान्वयन गर्ने तर्फ नगरपालिका लागी परेको नगर प्रमुख रावतको भनाई छ । सामुदायिक विद्यालयको शैक्षिक समस्याहरू समाधान गर्न नगरपालिका तत्पर रहेको उनको भनाई रहेको छ ।

    नगर शिक्षा नियमावली उल्लेख भए बमोजिम नेपाली नागरिक हुनु पर्ने,१८ वर्ष उमेर पुगेको, मगज नबिग्रेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार नठहरिएको, भविष्यमा सरकारी नोकरी एवम् शिक्षक सेवाको लागि अयोग्य हुने गरी सेवाबाट बर्खास्त नभएको, शिक्षक सेवा आयोगले तोकेको न्यूनतम शैक्षिक योग्यता र तालिम भएको र अध्यापन अनुमति पत्र प्राप्त भएको व्यक्तिलाई नगर अनुदान शिक्षक घोषणा गरिने शिक्षा शाखाका उप सचिव खगेन्द्र बहादुर सिंहले बताए ।

    योग्यता पुरा नगरेका सामुदायिक विद्यालयमा अध्यापन गराउने निजी स्रोतका शिक्षक शिक्षिकालाई नगर अनुदान शिक्षकमा समेट्न नसकिने उनको भनाई छ । विभिन्न सामुदायिक विद्यालय बाट निजी स्रोतका शिक्षक शिक्षिकाहरूको विवरण आउने क्रम जारी रहेको र अध्ययन अनुसन्धान गरेर प्रक्रियालाई अगाडी बढाइने उनको भनाई छ । चाँडै नै योग्यता पुगेका शिक्षकहरूलाई नियुक्त दिएर विद्यालयमा पठाइने उनले जानकारी दिए । लामो समय देखी सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोत शिक्षकहरु नगर अनुदान शिक्षक घोषणा गर्नु पर्ने माग राखेर नगरपालिकामा धर्ना, ज्ञापन पत्र बुझाउने, छलफल, अन्तरक्रिया र आन्दोलन गर्दे आएका थिए ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain