• गुरही पर्व घोडाघोडी नगरपालिका वडा नं. ५ को वनखेतमा मनायो

    गुरही पर्व घोडाघोडी नगरपालिका वडा नं. ५ को वनखेतमा मनायो

    पहलमानपुर, ५ भाद्र, थारु सामुदायको गुरही पर्व घोडाघोडी नगरपालिका वडा नं. ५ को वडा कार्यालयको प्राङ्गणमा पहिलो पटक वडा स्तरिय गुरही असरैना कार्यक्रम मनाईएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ५ कार्यालय स्थित वनखेतमा थारु समुदायको गुरही पर्व एक कार्यक्रमको आयोजना गरि मनाईएको हो ।
    घोडाघोडी नगरपालिका वडा नं.५ को वडा स्तरिय घरघर भलमस्सा साहुराम चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी घोडाघोडी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लोका बहादुर चन्द रहेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्षले थारु समुदायको गुरही पर्वलाई सरकारले राष्ट्रिय पर्वको रुपमा मान्यता दिनुपर्ने र थारु संस्कृति संरुक्षणमा वडा कार्यालयवाट हुन सक्ने सम्पर्ण कार्यहरुमा सहयोग गर्ने बताएका छन् ।
    थारु समुदायको गुरही पहिलो र छुट्टै महत्त्व बोकेको एक पर्व हो । यसलाई पर्व मनाउने थारु समुदायको आफ्नै परम्परा र संस्कार छ । जुन अत्यन्तै पृथक र मौलिक छ त्यसैले अन्य जातजातीको चाडपर्व सरह थारु समुदायको पर्वलाई पनि सरकारले राष्ट्रिय पर्वको रुपमा मान्यता दिनुपर्ने उनले बताए ।
    घोडाघोडी नगरपालिका वडा नं.५ देवकलिया गाँउको भलमस्सा चनकलाल चौधरीको स्वागत मन्तब्यसँगै सुरु भएको कार्यक्रममा डोडा गाउँका भलमन्सा हिरालाल चौधरी, नागरिक उनमुक्ती पार्टीको प्रदेश सदस्य भरत चौधरी (रोयल), वडा नं. ५ का वडा सदस्य लीखराम चौधरीले गुरही पर्वको महत्व वारे आफ्नो धारना राखेका थिए । गुरही असरैना कार्यक्रममा वडा नं. ५ मा रहेका दश ओटा गाँउ वाट थारु संस्कृति झल्किने थारु पोशाकमा युवा युवतीहरु गुरही असरैना कार्यक्रमा आएका थिए ।
    गुरही असरैना कार्यक्रममा थारु संस्कृति सम्बन्धी थारु संस्कृतिक नृत्य प्रस्तुत गरिनुका साथै गुरही असरैना कार्यक्रममा गाउँ गाउ वाट गरिब पाँच सय भन्दा बढी स्थानिय सहभागी लगायत जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, शिक्षक, पत्रकार अगुवाहरुको उपस्थिती रहेको थियो ।स्थानियहरुको उल्लेखनिय सहभागीतामा भएको उक्त कार्यक्रमको संचालन रेडियो मनको मझेरी ९१ मेगाहर्जका स्टेशन म्यानेजर शेर बहादुर चौधरीले गरेका थिए ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain