• कैलालीको घोडाघोडीमा निजि शिक्षकहरु नगर शिक्षक अनुदान कोटामा नियुक्त गर्न माग

    कैलालीको घोडाघोडीमा निजि शिक्षकहरु नगर शिक्षक अनुदान कोटामा नियुक्त गर्न माग

    कैलालीको घोडाघोडीमा निजि शिक्षकहरु आदोलित भएका छन । जिल्लाको घोडाघोडी नगरपालिका भित्र रहेका निजि शिक्षकहरु आन्दोलित भएका छन । निजि शिक्षकहरुको मागलाई नगरपालिकाले सम्बोधन नगरेको भन्दै उनीहरु असन्तुष्टि जनाएका छन । विगतको लामो समय देखि आफुहरु निजि शिक्षक भै विद्यालयमा सेवा गर्दै आई रहेको र अहिले सम्म घोडाघोडी नगरपालिकाले निजि शिक्षकहरुको माग र भावना लाई सम्बोधन नगरेको भन्दै शुक्रवार सुखडमा भेला भएका थिए ।

    सुखडको राष्ट्रिय माध्यमिक विद्यालयमा भेला भै माग सम्बोधनका लागि नगरपालिकालाई दवाव दिन विभिन्न बुदाहरुमा छलफल गरेका छन । शुक्रवार बसेको भेलाले निजि शिक्षकहरुलाई नगर अनुदान कोटामा शिक्षक नियुक्ती गर्नु पर्ने भन्दै निर्णय समेत पारित गरेका छन ।

    उनीहरुको भेलाले शिक्षक अनुदान कोटामा नियुक्त गर्न विद्यालय व्यवस्थापन समितिको निर्णय गराई नगरपालिकाको शिक्षा शाखा पेश गरि सक्नु पर्ने र घोडाघोडी नगरपालिकामा प्रधानध्यापक नियुक्ती पदका लागि गरेको विज्ञापनमा असन्तुष्टि जनाउदै विभिन्न शिक्षक संगठनहरुसंग कुनै वार्ता सम्वाद नगरेकोले उक्त समस्या समाधनका लागि नगरपालिकाले वार्ता तथा सम्वाद गर्नु पर्ने भन्दै भेलावाट निर्णय पारित गरेको शिक्षिक गीता चौधरीले जानकारी दिएका छन ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain