• भागवण्डा मिलेको छैन, सुुदूरपश्चिम प्रदेश सरकारमा जादैनौंः नाउपा अध्यक्ष रंन्जिता चौधरीको भनाई

    भागवण्डा मिलेको छैन, सुुदूरपश्चिम प्रदेश सरकारमा जादैनौंः नाउपा अध्यक्ष रंन्जिता चौधरीको भनाई

    सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागि नहुने भएको छ ।केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई पत्र पठाउँदै आफुहरु सरकारमा सहभागि नहुने जानकारी गराएकी हुन् ।भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेकी श्रेष्ठले पठाएको पत्रमा भनिएको छ

    ‘पार्टीको केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागवण्डा नमिलेकाले सहभागि नहुने जानकारी गराइन्छ ।’नागरिक उन्मुक्ति पार्टी मंगलबार प्रदेश सरकारमा सहभागि हुने तयारी गरेको थियो ।

    सोही अनुसार दलको कार्यालयले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा लक्ष्मण चौधरीको नाम सिफारिस गरेको थियो ।मन्त्री सिफारिस पछि उन्मुक्ति भित्र असन्तुष्ट प्रदेश सभा सदस्यहरुले नियूक्ति तथा सपथ कार्यक्रम नगर्न मुख्यमन्त्रीसंग अनुरोध गरेका थिए ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain