• घोडाघोडी नगरपालिका —४ मेलघट्टी सामुदायिक वन उपभोक्ता समूहको परिसरमा वृक्षारोपण सहित ४१ औँ बिपी स्मृति दिवस घोडाघोडीमा सम्पन्न

    घोडाघोडी नगरपालिका —४ मेलघट्टी सामुदायिक वन उपभोक्ता समूहको परिसरमा वृक्षारोपण सहित ४१ औँ बिपी स्मृति दिवस घोडाघोडीमा सम्पन्न

    ०६ साउन,पहलमानपुर, जन नायक बिपी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसर पारी नेपाली काँग्रेस घोडाघोडी नगर कार्यसमितिले आज बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ४ जनकपुर स्थिति मेलघट्टी सामुदायिक वन परिसरमा विभिन्न जातका बोटबिरुवा रोपिएको हो ।

    नेपाली काँग्रेस घोडाघोडी नगर कार्यसमितिका सभापति बम बहादुर सिंहको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस कैलाली जिल्ला सदस्य तथा नगर उप प्रमुख गुलिया कुमारी चौधरी रहनु भएको थियो ।

    बृहत् वृक्षारोपण कार्यक्रममा वडा सभापति, महाधिवेशन प्रतिनिधि,वडा अध्यक्ष, पालिका भरिका अधिकांश नेता, कार्यकर्ता र तरुण दल तथा नेपाल विद्यार्थी सङ्घका विद्यार्थी नेता एवम् पार्टीमा आस्थावान् शुभेच्छुकहरूको सहभागिता रहेको थियो । नगर कमिटी सदस्य प्रर्भुजन शाहीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन नगर कमिटी सदस्य आयुश जोशीले गरेका थिए ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain