• सुदूरपश्चिममा अपाङ्गताको मुल समस्या पहिचान गर्न नसक्नु प्रमुख चुनौति हो ः राष्ट्रिय अपांग महासघका प्रदेश सचिव भट्ट

    सुदूरपश्चिममा अपाङ्गताको मुल समस्या पहिचान गर्न नसक्नु प्रमुख चुनौति हो ः राष्ट्रिय अपांग महासघका प्रदेश सचिव भट्ट

    पहलमानपुर, १२ असार, राष्ट्रिय अपांग महासघका सुदूरपश्चिम प्रदेश सचिव नन्द राज भट्टले सुदूरपश्चिममा अपाङ्गताको मुल समस्या पहिचान गर्न नसक्नु अपाङ्गता भएका व्यक्तिको प्रमुख चुनौति रहेको बताएका छन । नितिगत संलग्नता सामाजिक समावेशिकरण तथा स्वपैरवी मार्फत मानसिक स्वास्थ्यको मुलप्रवाहीकरण अन्तरकृया कार्यक्रममा भट्टले यस्तो बताएका हुन । उनले भने ’’सुदूरपश्चिममा अपाङ्गताको मुल समस्या पहिचान गर्न नसक्नु प्रमुख चुनौतिको रुपमा रहेको छ । प्रदेशकै राजधानि भएकोे ठाउँमा पनि कुनै ठाउँमा अपाङ्गता मैत्रि संरचना र बातावरण छैन । जुन हाम्रो लागि प्रमुख चुनौती हो ।’’

    भट्टले सेति प्रादेशिक अस्पतालमा पनि साइकाटिकको डाक्टर नभएको कारणले अपाङ्गताको पहिचानको समस्या रहेको बताए । अपाङता भएका मध्ये पनि मानसिक अपाङ्गता भएका व्यक्तिहरु प्राय सामाजिक , भौतिक ,राजनितिक कानुनि र दृष्टिकोण जस्ता विभेदमा पर्ने गरेको राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिस) का कार्यक्रम सहयोजक रबी पौडेलले बताए ।

    यस्ता किसिमका सवालहरु सभामा नआएको अवस्तामा कोशिसले यस्ता किसिमका अपाङता भएका व्यक्तिहरुका लागि पैरवी समुह , साथि सङगी समुह गठन गरेको पौडेलले बताए । त्यस्तै अपाङ्गता भएका व्यक्तिहरु समेटेर उनीसहरुलाई शुसुचित गराउने, क्षमता बिकाश गर्ने र स्थानिय सरकार तथा प्रदेश सरकारको निति नियम कार्यक्रममा उनीहरुका सवालहरुलाई पनि समावेश गर्नको लागि र राज्यले सुनिसित गरेका अधिकार प्राप्तीको कार्यमा कोशिसले सहयोग गरिरहेको उनले बताए ।

    २०७८ सालको जनगणनामा अनुसार २.२ प्रतिशत अपाङता भएका व्यक्तिहरु रहेका छन् । २०७८ सालको जनगणना अनुसार नेपाल भर ६ लाख ५४ हजार ७ सय ८२ जना अपाङता भएका व्यक्तिहरु रहेका छन् । ति मध्ये सुदुरश्चिममा ७० हजार ८ जना ,कैलाली जिल्लामा २२ हजार ६ सय ६३ जना र धनगढी उपमहानगर पालिकामा २ हजार १ सय २८ जना अपाङता भएका व्यक्तिहरु रहेका छन् ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain