• शरणार्थी बनाउने हर्कतले देशको इज्जतै गयो ः पूर्वराजा ज्ञानेन्द्र

    शरणार्थी बनाउने हर्कतले देशको इज्जतै गयो ः पूर्वराजा ज्ञानेन्द्र

    पूर्वराजा ज्ञानेन्द्र शाहले स्वाभिमानी नेपालीको अस्तित्व छ या छैन भन्ने कुरामा प्रश्न उठेको बताएका छन्। सोमबार धनगढीमा भएको नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन्।उनले भने, ’नेपाली जनतालाई आफ्नो भूभाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन्, त्यसबाट हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ। देशभित्रै बसौं, देशमै पसिना बगाऔं र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ।

    ’उनले अहिले नेपालमा उच्च तहका नेताहरूको हर्कतले देशको इज्जत र गौरव लोप भएको बताए।उनले प्रश्न गरे, ’के नयाँ नेपाल भनेको यही हो? के अग्रगामी भनेको परावलम्बी नेपाल हो? के नेपालको आफ्नो अस्तित्व छैन? हामी वीर‚ परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम‚ सीप सबैथोक खोसिएको त छैन?’ शाहले भने, ‘यस्तो दारुण दृश्य देख्दा हामी सबैको आँखा रसाउँदै गएको छ।’

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain