• इरानका सर्वोच्च नेता खामेनी मारिएको इरानी सञ्चारमाध्यमद्वारा पुष्टी इरानमा ४० दिनको राष्ट्रिय शोक घोषणा

    इरानका सर्वोच्च नेता खामेनी मारिएको इरानी सञ्चारमाध्यमद्वारा पुष्टी इरानमा ४० दिनको राष्ट्रिय शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ। उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ।

    यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए। ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरेपनि इरानबाट पुष्टि हुन सकेको थिएन।

    इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए।

    तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावकु हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ। यसबारे विस्तृत विवरण आउन भने अझै बाँकी छ।

    ८५ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा शक्तिशाली पदमा थिए। उनको निधनको खबर सार्वजनिक भएसँगै इरानमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने समर्थकहरू सडकमा निस्किएर शोक व्यक्त गरिरहेका छन्। उनी इजरायल र अमेरिकाको संयुक्त कारबाहीमा मारिएका हुन्।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain