• होलीमा भीडभाड हुने कार्यक्रम नगर्न जिल्ला प्रशासन कैलालीको आग्रह

    होलीमा भीडभाड हुने कार्यक्रम नगर्न जिल्ला प्रशासन कैलालीको आग्रह

    फागु पूर्णिमा ९होली० पर्वका अवसरमा भीडभाड हुने कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मंगलबार विज्ञप्ति जारी गर्दै होलीका दिन भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न अनुरोध गर्नुभएको हो ।

    फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को प्रचारप्रसार तथा मौन अवधिभित्र फागुन १८ र १९ गते होली पर्व परेकाले निर्वाचनको सुरक्षा संवेदनशीलता र निर्वाचन आचारसंहिता परिपालनलाई ध्यानमा राख्दै यस्तो आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा शान्ति सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम गर्नु तथा मर्यादित र भयरहित एवं शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउनु हामी सबैको कर्तव्य र दायित्व भएको उल्लेख छ ।

    होलीपर्व मनाउने सन्दर्भमा ठूलो समूहमा भेला, जम्मा हुने, हुलदंगा, जमघट वा होहल्ला गर्नेरगराउने तथा कसैको इच्छा विपरीत रङ लगाउने, फोहोर पानी वा हिलो छ्याप्ने, मादक पदार्थ सेवन गरी अवाञ्छित तथा कानून विपरीत क्रियाकलाप नगरी सभ्य, मर्यादित, अनुशासित र शान्तिपूर्ण रूपमा मनाउनहुँन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेको छ ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain