

कैलालीको हरैयामा माघी मिलन सांस्कृतिक कार्यक्रम हुने भएको छ । माघी मिलन सांस्कृतिक कार्यक्रम गोदावरी नगरपालिका वडा नं. ७ हरेया गाउँको देउथानमा हुने भएको बताइएको छ । संस्कृति संरक्षणका लागि संस्कृति पुस्तान्तरण माघी मिलन सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक थारु एवं राना थारु गोदावरी नगरस्तरिय भलमन्सा (बरघर) समाजले जानकारी दिएको छ । तेस्रो संस्करणको रुपमा आयोजना गर्न लागिएको गोदावरी नगर माघी मिलन सांस्कृतिक कार्यक्रम माघ १६ देखि १८ गतेसम्म सञ्चालन हुने अध्यक्ष मान बहादुर चौधरीले जानकारी दिएका छन्।
शुक्रवार देखि संचालन हुने उक्त कार्यक्रमलाई गोदावरी नगरपालिकाले सहयोग गरेको छ भने हरैया गाउँ समाजले व्यवस्थापनको जिम्मा लिएको छ। माघी मिलन सांस्कृतिक कायृक्रममा थारु एवम् राना थारु समुदायका चालचलन, रहन,सहन र कला संस्कृतिहरूलाई आगामी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमको गरिएको आयोजक नगर भलमन्सा समितिले बताएको छ ।
भलमन्सा तथा बुद्धिजिवी बल बहादुर चौधरीका अनुसार, सांस्कृतिक कार्यक्रममा राना थारु समुदायका विभिन्न कला प्रस्तुतिहरू, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, साथै झाँकी प्रदर्शन समेत हुनेछन्। यस्तै कार्यक्रममा थारु राष्ट्रिय गायिका समिक्षा चौधरी, आधुनिक तथा पौराणीक गायक राज कुश्मी र बिक्रम चौधरी लगायको कलाकारहरुसंगै गोदावरी नगरपालिका भित्रका २८ वटै गाउँ टोलवाट विभिन्न सांस्कृतिक झाकी समेत प्रर्दशन गरिने छ ।


कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी