

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २१० जनाको उम्मेदवारी परेको छ । १६ सिटका लागि स्वतन्त्रसहित विभिन्न पार्टीका गरेर २१० जनाको उम्मेदवारी परेको हो ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी ७८ जनाको उम्मेदवारी परेको छ । यसैगरी, तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ५५ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ र २ मा १९–१९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, ३ मा १७ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिए ।
दुई निर्वाचन क्षेत्र रहेको अछाममा १७ जनाको उम्मेवारी परेको छ । अछामको निर्वाचन क्षेत्र नम्बर १ मा ८ र निर्वाचन क्षेत्र नम्बर २ मा नौ जनाको उम्मेदवारी परेको छ । यस्तै, डोटीमा नौ, बाजुरामा आठ, बझाङमा सात, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी