

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पोखराबाट पक्राउ परेका छन्।
पछिल्लो समय सरकारसँग सबैभन्दा बढी वार्तामा सहभागी भएका प्रसाईं सरकारसँग सहमति भएको केही दिनमै आज पक्राउ परेका हुन्।
निर्वाचन आयोगले प्रसाईंलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिए लगत्तै प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेको प्रहरीको साइबर ब्यूरोले थाहाखबरलाई जानकारी दियो।
प्रसाईंले करोडौँ रकम निर्वाचन आयोगका अधिकारीलाई दिएर गगन थापाले कांग्रेसको आधिकारिकता पाएको दावी गरेको अडियो सार्वजनिक भएको थियो।
सोही आधारमा आयोगले उनलाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएको थियो।


कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी