

नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिताको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
आइतवार पूर्णबहादुर खड्कासहितका नेताहरुले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुगेर रिट दायर गरेका हुन्।
संविधान, कानून र नेपाली काँग्रेसका विधानविपरीत निर्वाचन आयोगले गगन थापा नेतृत्वको काँग्रेसलाई दिएको आधिकारिताविरुद्ध आफूहरुले न्यायका लागि सर्वोच्च अदालतमा रिट दायर गरेको देउवा पक्षका नेता खड्काले जानकारी दिए।
उनले संविधान, कानून र विगतका नजिरको खिलापमा गरिएको सो निर्वाचन आयोगको निर्णयलाई बदर गर्दै सर्वौच्च अदालतले आफूहरूलाई न्याय दिने दाबी गरे। उनले निर्वाचन आयोगको निर्णय सर्वसम्मत समेत नभएकाले पनि आफूहरूले न्याय पाउने तर्क गरे।
नेता खड्काले भने,‘नेपाली काँग्रेस पार्टीको विषयमा जुन संविधान विपरीत, निर्वाचन ऐन विपरीत जुन एकलौटी निर्णय गर्योत। त्यो निर्णय पनि बहुमतको आधारमा गर्यो। त्यो निर्णयविरुद्ध हामी सर्वोच्च अदालतमा न्यायका लागि आएका छौँ। हामीले आज रिट दर्ता गर्यौँ।’
देउवा पक्षले सो रिटलाई प्राथमिकता दिएर निष्कर्षमा पुर्या उन पनि सर्वोच्च अदालतसँग माग गरिएको छ।


कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी