• लैङ्गिक हिंसाको मुख्य कारक बालविवाह

    पहलमानपुर, ३ पुस र महिलामाथि हुने हिंसाको प्रमुख कारण मध्ये बालविवाह पनि प्र्रमुख रहेको सरोकारवालाले बताएका छन्् । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘सम्मानित समाजको आधारःशून्य लैङ्गिक हिंसा र दुव्र्यवहार’ विषयक बहसमा बोल्दै वक्ताहरुले सो कुरा बताएका हुन ।

    अहिले प्रविधिको दुरुपयोग गर्दै बाल्यावस्थामै आफूखुसी विवाह गर्नेहरु नै हिंसामा पर्ने गरेका छन् । सामाजिक सञ्जालको प्रयोग गरेर आफूखुसी प्रेम विवाह गर्नेहरु पनि घरपरिवारको दबाबमा परेर घर न घाटको हुने गरेको बहसका वक्ताहरुले बताए । ‘बालविवाहकै कारण सानो उमेरमा बच्चा जन्माउँदा स्वास्थ्यमा असर पर्नुका साथै घरपरिवार तथा समाजबाट अपहेलित हुनु पर्ने, युवाअवस्थामा पतिले अर्को विवाह गर्ने तथा अर्थअभावले महिलाले मानसिक तनाव खेप्नु पर्ने जस्ता हिंसा बढ्दै गएको देखिन्छ,’ सामाजिक विकास मन्त्रालयका कानुन सचिव दानबहादुर सुनारले भने,‘यसका साथै अहिले हाम्रो समाजमा कम्प्युटर नेटवर्किङ तथा सामाजिक सञ्जालबाट हुने अपराध पनि बढ्दो छ । जसबाट महिला र किशोरी सबैभन्दा बढी पीडित बनेका छन् । महिला भएकै कारण पनि महिला घरदेखि कार्यस्थलसम्म हिंसामा पर्ने गरेको उनले बताए । उनले भने,‘महिला शारीरिक हिंसा, मनोवैज्ञानिक हिंसा, आर्थिक हिंसा तथा सामाजिक हिंसामा पर्ने गरेका छन् । हुँदाहुँदा अहिलेको युग अनुसार डिजिटल हिंसा पनि जोडिएको छ ।

    महिलाले आफूमाथि भएका लैङ्गिक हिंसा विरुद्ध खुलेर आउनु पर्ने उनले बताए । ‘महिलाले आफूमाथि भएका हिंसा विरुद्ध खुलेर आउनु सक्नु पर्छ,’ उनले भने,‘हिंसा दबाएर राख्नु भनेको अपराधिको मनोबल बढाउनु हो । तसर्थ सचेल महिलाले हिंसाविरुद्ध बोल्नु जरुरी छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका पहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले अहिलेसम्म पनि गाउँघरमा महिलाले हिंसा भनेको के हो ? भन्ने बुझ्न नसकेको बताएका छन् । समाज आधुनिकीकरण सँगसँगै हिंसाले पनि स्वरुप परिवर्तन गरेको बताउँदै उनले भने,‘पहिले पहिले पतिले पत्नीलाई कुटपिट गरेको कुरा बढी आउँथे भने अहिले डिजिटल हिंसाका मुद्दा प्रहरीमा दर्ता हुने गरेका छन् । जुन समय अनुसारको परिवर्तन हो ।

    फेसबुक, टिकटक, भाइबर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालबाट हिंसामा परिरहेका छन्। त्यतिमात्रै नभई अहिले सामाजिक सञ्जालबाटै आर्थिक लुटपाटका घटना पनि बढ्दै गएको उनले बताए ।

    अर्का वक्ताका रुपमा बोल्दै महिला अधिकारकर्मी संगीता अधिकारीले अहिले हिंसा महिलामाथि मात्रै नभई पुरुषमाथि पनि हुने गरेको बताइन् । उनले भनिन्,‘हिंसाले कसैलाई अछुतो राख्न सकेको छैन, कुनै न कुनै किसिमले पुरुष पनि हिंसामा पर्ने गरेका छन्। चाहे त्यो श्रम शोषण होस् या अन्य मानसिक हिंसा । सामाजिक सञ्जालबाट पनि महिला हिंसासँगै पुरुष हिंसा पनि बढिरहेको उनले बताइन् । महिल हिंसामा परेर पुनस्र्थापित भए पनि त्यसलाई समाजले हेर्ने दृष्टिकोण गलत भएकै कारण पनि हिंसामाथि हिंसा थपिने क्रम बढ्दै गएको बताउँदै उनले भनिन्,‘यसका लागि यसका लागि समाज परिवर्तन हुन जरुरी छ । सम्मानित समाज निर्माणका लागि हामी सबैको दायित्व उत्तिकै छ ।

    सुदूरपश्चिम महोत्सवमा यस वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले मनोरञ्जनात्मक कार्यक्रमका साथै बिहानीको समयमा भिजन सुदूरपश्चिम नामक बहस कार्यक्रम सुरुवात गरेको हो । विहीबार नवौं श्रृङ्खलामा सम्मानित समाजको आधार ः शून्य लैङ्गिक हिंसा र दूव्र्यवहार विषयमा सरोकारवाला निकायसँग बहस कार्यक्रम गरिएको छ ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain