• कैलालीमा बुधवारदेखि खाद्यले धान खरिद गर्ने

    कैलालीमा बुधवारदेखि खाद्यले धान खरिद गर्ने

    कार्तिक ११ पहलमानपुर,  कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधवारदेखि धान खरिद गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीको ६ स्थानमा खरिद डिपो राखेर धान खरिद गर्ने भएको छ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख दीपक थापाले धान खरिदका लागि केन्द्रबाट परिपत्र आइसकेको बताए। आजै जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको खरिद समितिको बैठकले बुधवारदेखि धान खरिद गर्ने निर्णय गरेको थापाले बताए।

    सरकारले पहिलो चरणमा कैलालीका लागि ३५ हजार क्विन्टल धान खरिद गर्ने कोटो निर्धारण गरेको प्रमुख थापाले बताए। ’पहिलो चरणमा कैलालीका लागि ३५ हजार क्विन्टल कोटा तोकिएको छ। पछि कोटा थपिन सक्छ,’ थापाले भने।

    गत वर्ष भने कैलालीबाट ५५ हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण भएको थियो। खाद्यले धान खरिद गर्नुभन्दा अगाडि नै किसानले धान बिक्री गरेकाले ३४ हजार क्विन्टल धान मात्रै खरिद भएको थियो।

    कैलालीमा विभिन्न ६ ठाउँमा धान खरिद डिपो राखिने कार्यालय प्रमुख थापाले बताए। उनले धनगढीको मोहनपुर, गौरीगङ्गा, जोशीपुर, भजनी, सत्ती, र टीकापुरमा डिपो राखेर धान खरिद गर्ने बताए।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain