• तेस्रो मदन भण्डारी कपको उपाधि भजनी नगर कमिटीको पोल्टामा

    तेस्रो मदन भण्डारी कपको उपाधि भजनी नगर कमिटीको पोल्टामा

    ११ कार्तिक पहलमानपुर, कैलालीको घोडाघोडी नगपालिका–१० पहलमानपुरमा जारी तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि मदन भण्डारी स्पोर्टस् एकेडेमी भजनी नगर कमिटीले हात पारेको छ । सोमबार सम्पन्न फाइनल खेलमा भजनीले घोडाघोडी क्लब सुखडलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

    पहिलो हाफमा गोलरहित खेल भए पनि दोस्रो हाफमा भजनीका खेलाडीहरूले लगातार तीन गोल गर्दै जित दर्ता गरे । विजेता बनेको मदन भण्डारी स्पोट्र्स एकेडेमी भजनीले ५२ हजार २सय ५० रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता घोडाघोडी क्लब सुखडले ३२ हजार २५० रुपैयाँमा चित्त बुझाएको छ ।

    मदन भण्डारी स्पोर्टस् एकेडेमी घोडाघोडी नगर कमिटीको आयोजनामा तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता भएको थियो । समापन समारोहका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत रहेका थिए । विशिष्ट अतिथिमा घोडाघोडी नगरपालिकाका संस्थापक नगरप्रमुख तथा नेकपा एमाले कैलाली जिल्ला सचिव ममताप्रसाद चौधरी, वडा नम्बर ९ का वडाध्यक्ष हरिचन्द्र शाह लगायतको उपस्थिति थियो ।

    कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, खेल प्रेमी, सङ्घसंस्था र नागरिकको उत्साहपूर्ण सहभागिता रहेको थियो। समापन समारोहमा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने व्यक्तिहरू र संस्थाहरूलाई सम्मान तथा कदर पत्र वितरण गरिएको थियो ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain