• कैलालीमा जेन जी आन्दोलनबाट भएको क्षतिको समिक्षा गरियो

    कैलालीमा जेन जी आन्दोलनबाट भएको क्षतिको समिक्षा गरियो

    पहलमानपुर ३० भदौ ÷ कैलाली जिल्ला प्रशासन कार्यालयको आयोजनामा कैलाली जिल्ला भरीका सरोकारवाला निकायको उपस्थितिमा जेन जी आन्दोलनको समिक्षा गरिएको छ । कैलाली जिल्ला प्रशासन कार्यालय लगायतका अन्य कार्यालयले सेवा प्रवाहा कसरी गर्ने भन्ने बारेमा समेत छलफल गरिएको थियो ।

    जिल्ला प्रशासनले सरोकारवालाहरूसँग गरेको भेलामा जिल्लाको तत्कालीन वस्तुस्थितिको जानकारी गराइएको थियो। जिल्ला प्रशासन कार्यालयमा भदौ २४ गतेको आन्दोलनमा आगजनी गरिएकाले पूर्णरूपमा सेवा प्रवाह गर्न केही समय लाग्ने बताएको छ।

    जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले अत्ति आवश्यक भए सर्वसाधारणलाई राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन भने समस्या नहुने बताए।

    जिल्ला प्रशासन कार्यालयले जिल्लामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताएको छ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain