• नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ

    नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ

    पहलमानपुर, प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको सपथ लिएकी छन्। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई सपथ खुवाएका हुन्।

    जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए।

    संसद विघटन गर्ने सहमति भएपछि कार्की प्रधानमन्त्री बन्न तयार भएकी थिइन्। केहीबेरमा शीतल निवासमै मन्त्रिपरिषद बैठक बसेर संसद विघटनका लागि सिफारिस गर्ने स्रोतले जनाएको छ। त्यसपछि राष्ट्रपति पौडेलले संसद विघटन गर्नेछन्।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain