

पहलमानपुर । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएकी छन् । जेनजीको आन्दोलनका क्रममा केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक किरण पोखरेलका अनुसार कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको छ ।
गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्धलगायतका मुद्दा उठाउँदै देशव्यापी प्रदर्शन गरेका थिए । सोही आन्दोलनपछि नेतृत्वमा फेरबदल हुँदै अन्तरिम सरकार गठन गरिएको हो ।


कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी