• जेन–जी आन्दोलनका घाइतेलाई घोडाघोडी अस्पतालले निःशुल्क उपचार गर्ने

    जेन–जी आन्दोलनका घाइतेलाई घोडाघोडी अस्पतालले निःशुल्क उपचार गर्ने

    २४ भाद्र,पहलमानपुर । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क उपचार गर्ने भएको छ ।

    घोडाघोडी अस्पतालले आज एक विज्ञप्ति जारी गरी सुदूरपश्चिमका विभिन्न स्थानका हिजो देखी जेनजीहरुले गरेको प्रदर्शनका क्रममा घाइते भएका सबै पक्षका व्यक्तिहरूको निःशुल्क उपचार गर्ने जानकारी दिएको हो ।

    सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क उपचार गर्ने व्यवस्था गरीएको घोडाघोडी अस्पतालले जनाएको छ ।  अस्पतालले आन्दोलनका क्रममा जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दे घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।  उक्त आन्दोलनमा परेर १९ जनाले ज्यान गुमाएका छन् भने सयौँ व्यक्ति घाइते भएका छन् ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain