• घोडाघोडीको आवधिक योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न

    घोडाघोडीको आवधिक योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न

    ०२ जेठ,पहलमानपुर । कैलालीको घोडाघोडी नगरपालिकाको पाँच वर्षे आवधिक नगर योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ३ दिन सम्म चलेको कार्यशाला गोष्ठी मङ्गलवार सम्पन्न भएको हो । आकांक्षा तालिम तथा अनुसन्धान केन्द्र धनगढी,कैलालीको प्राविधिक सहयोग तथा घोडाघोडी नगरपालिकाको आयोजनामा योजना तर्जुमा कार्यशाला गोष्ठी सुरु भएको थियो ।

    तिन दिने कार्यशाला गोष्ठीमा नगरपालिकाको आवधिक योजनाको लागी गहन छलफल गरी समस्या र सुझाव सहितको छलफल गरिएको छ । नगरपालिकाको दिगो विकासको लागी दुरदृष्टि,लक्ष्य,उद्देश्य तथा रणनीतिक निर्धारणका विषयमा बृहत् छलफल भएको छ । त्यसका साथै आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, सुशासन तथा संस्थागत लगायत समष्टिगत क्षेत्रको विभिन्न पक्षका विषयमा छलफल गरीएको बताईएको छ ।

    समृद्धि घोडाघोडी नगरपालिकाको लागी यो छलफलले निकै टेवा पुग्ने बताईएको छ । आकांक्षा तालिम तथा अनुसन्धान केन्द्र धनगढी,कैलाली सुशासन तथा योजना विज्ञहरूले गोष्ठीको सहजीकरण गरीरहेका थिए । घोडाघोडीको पाँच वर्षे आवधिक नगर योजना तर्जुमा कार्यशाला गोष्ठीमा यस क्षेत्रका विभिन्न सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain