

सुदूरपश्चिम प्रदेश सरकारले विक्रम संवत् २०८२ सालको अट्वारी पर्वको सार्वजनिक विदा भदौ ८ गते आइतबार हुने गरी संशोधन गरेको छ ।
सोमबार मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस अघि प्रदेश भर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा साउन २५ गते आइतबारको लागि दिईएको उक्त बिदा भदौ ८ गते आइतबार हुने गरी संशोधन गरेको हो ।
यस्तै सुदूरपश्चिम प्रदेश सरकारले मंसिर १ / २ गते लगानी तथा विकास सम्मेलन गर्ने भएको छ ।कार्यकारी समितिको निर्णय प्रस्ताव गरे अनुसार मन्त्रिपरिषद्ले लगानी तथा विकास सम्मेलन मंसिर १ र २ गते गर्ने निर्णय गरेको हो ।


कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी