• सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए विश्वासको मत नागरिक उन्मुक्तिको एकसहित ३० मत

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए विश्वासको मत नागरिक उन्मुक्तिको एकसहित ३० मत

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। उनले नागरिक उन्मुक्ति पार्टीकाे एकसहित ३० मत पाएका हुन।

    नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिएका थिए। तर, नागरिक उन्मुक्ति पार्टीकै प्रदेश सभा सदस्य कैलाश चौधरीले मुख्यमन्त्री शाहकाे पक्षमा मतदान गरेका हुन।

    सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्यहरू छन्। नागरिक उन्मुक्ति पार्टीका छ जना प्रदेश सभमा उपस्थित थिएनन्। उपस्थित भएका एक प्रदेश सभा सदस्य चौधरीले विश्वासको मत दिएका हुन्।

    मुख्यमन्त्री शाहलाई काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत आएको छ। उनकाे पक्षमा ३० जना प्रदेश सभाका सदस्यहरूले मतदान गरेका हुन। सुदूरपश्चिममा बहुमतका लागि २७ जना प्रदेश सभाका सदस्यकाे मत आवश्यक हुन्छ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain