

५ जेष्ठ २०८२, सोमबार
कैलाली जिल्लाको गोदावरी नगरपालिकाको गेटामा नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको बाटो खुलेको छ ।

उक्त विश्वविद्यालय स्थापनाका लागि बनेको ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१’ आइतबार संघीय संसद्बाट पारित भएपछि विश्वविद्यालय सञ्चालनको बाटो खुलेको हो ।
आइतबारको प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव गरेकोमा सर्वसम्मतरुपमा विधेयक पारित भएको थियो ।
विधेयक पारित भएपछि सुदूरपश्चिममा खुशीयाली छाएको छ । विधेयक पारित भएको खुशियालीमा गेटा विश्वविद्यालयलय अगाडी दीप प्रज्ज्वलन समेत गरिएको छ । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालय संघर्ष समितिको आयोजनामा दीप प्रज्ज्वलन गरिएको हो । संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले सरकारले ल्याएको विधेयक प्रति हार्दिक स्वागत गर्दै खुशियालीमा दीप प्रज्ज्वलन गतिएको बताए । उनले हामी सुदुरपश्चिम बासिएको बर्षौदेखिको एउटा माग पुरा भएको बताउदै अबको माग यहाँ छिट्टै एमएमबिबिएसको पढाइ शुचारु गर्नु रहेको बताए ।
पारित विधेयकमा स्वास्थ्य विज्ञानको क्षेत्रमा गुणस्तरीय अध्ययन–अध्यापन, अनुसन्धान र नवप्रर्वतन सम्बन्धी कार्य गर्न तथा सर्वसाधारणलाई सहज रुपमा विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विशिष्टिकृत विश्वविद्यालयको रुपमा स्थापना गरिएको उल्लेख छ ।
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा दुई जना सह–कुलपति रहने ब्यबस्था रहेको छ । विश्वविद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री सहकुलपति हुनेछन् । विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुनेछन् । तर, कुलपतिको भूमिका दीक्षान्त समारोहको अध्यक्षतामा मात्रै सीमित रहनेछ । यसबाहेक विश्वविद्यालयको पदाधिकारीमा उपकुलपति, रजिस्ट्रार, डिन, प्रिन्सिपल र अस्पताल निर्देशक रहनेछन् ।
विश्वविद्यालयमा विश्वविद्यालयको सर्वोच्च निकायको रूपमा एक सभा रहनेछ । सभाको अध्यक्ष शिक्षा हेर्ने सहकुलपति (शिक्षामन्त्री) रहनेछन् । उपाध्यक्षमा स्वास्थ्य हेर्ने सहकुलपछि स्वास्थ्यमन्त्री रहनेछन् ।


कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी