

स्थानिय भाषाको पाठ्यपुस्तक निर्माणका लागि जोशीपुरले विद्यालयका प्रधानाध्यापकहरुसंग राय सुझाव संकलन गरेको छ ।जिल्लाको जोशीपुर गाउँपालिकाले स्थानिय भाषाको पाठ्यपुस्तक निर्माणका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग पहिलो चरणको राय सुझाव संकलन आईतवार गरेको छ ।
शिक्षा, युवा तथा खेलकुद शाखा तथा जोशीपुर गाउँपालिकाको आयोजनामा स्थानिय पाठ्यक्रममा आधारित स्थानिय भाषाको पाठ्यपुस्तक निर्माण गर्ने उद्देश्यले पहिलो चरणको राय सुझाव संकलन गरेको छ । आइतवार जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीले एक कार्यक्रमका विच स्थानिय पाठ्यपुस्तक निर्माण सम्बन्धि राय सुझाव संकलन कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

सुझाव संकलन कार्यक्रमको उद्घाटन गर्दे अध्यक्षले अब बन्ने पाठ्यपुस्तकमा बढी भन्दा बढी स्थानिय विषय वस्तु समेतन आग्रह गर्दै विद्यार्थीहरुको बाहुल्यताका आधारमा विद्यार्थी मैत्री पाठ्य पुस्तक तयार गर्न भनेका छन । पाठ्यपुस्तक लेखन कार्यका लागि गाउँपालिकाले गर्ने सहयोगका लागि तयार रहेको भन्दै पाठ्यपुस्तक लेखन कार्यदल तथा विषय विज्ञहरुलाई समयमै तयार गर्न निर्देशन दिएका छन ।

यसै शैक्षिक सत्रवाट पाठ्यपुस्तक कार्यन्वयन गर्न गाउँपालिकाको लक्ष्य रहेको बताएका छन । स्थानिय पाठ्य पुस्तक बनाउने काम गाउँपालिकाका लागि नयाँ अभ्यास र नौलो काम समेत रहेको बताएका छन । यस्तै शिक्षा, युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति समेत रहनु भएका योगेश जोशीले पाठ्य पुस्तक तयार गर्दा स्थानिय पाठ्यक्रममा केन्द्रि हुदै गाउँपालिका तथा शिक्षा शाखाले सोचको र चाहेको अनुसार पाठ्यपुस्तक तयार गर्नु पर्ने बताएका छन ।

पाठ्यपुस्तक लेख्दा यहाँको भाषा, संस्कृति,इतिहास, भुगोल परिवेश, पुरातात्विक सम्पदा आदी विषयहरुलाई मध्य नजर गरि तयार गर्न सुझाव दिएका छन । जोशीपुर गाउँपालिकाले गत वर्ष हाम्रो जोशीपुर नामक स्थानिय पाठ्यक्रम तयार गरे ता पनि पाठ्यपुस्तक भने तयार गर्न सकेको थिएन त्यसैले यो वर्ष स्थानिय पाठ्यक्रममा निर्दिति विषय बस्तुहरुको आधारमा पाठ्यपुस्तक निर्मााण गर्न लागेको हो ।
पाठ्यपुस्तक निर्माणका लागि पाँच जना कार्यदलका सदस्य र एक जना विषयविज्ञ सहितको टोलीले पाठ्यपुस्तक लेखन कार्य गर्दै छन । भने विषय विज्ञकाा रुपमा नाथु राम चौधरी रहेक छन र सो पाठ्यपुस्तक निर्माणका लागि इप्सोक नेपाल नाम संस्थाले प्राविधिक सहयोग गरि रहेको छ ।


कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी