• एकजनाको नाममा निर्णय गरेर अर्कैलाई मन्त्री बनाउने तयारी, शपथ नगराउन पार्टीकै सांसदले पठाए पत्र

    एकजनाको नाममा निर्णय गरेर अर्कैलाई मन्त्री बनाउने तयारी, शपथ नगराउन पार्टीकै सांसदले पठाए पत्र

    सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री पठाउने विषयमा नागरिक उन्मुक्ति पार्टीको आन्तरिक कलह सतमा आएको छ ।

    विवादित अडिओ संवाद सार्वजनिक भएपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले चैत्र १६ गते राजीनामा दिएका थिए ।

    गत मंगलबार अध्यक्ष रन्जिता श्रेष्ठलाई मन्त्रीको नाम दिन संसदीय दलका नेता घनश्याम चौधरीले पत्राचार गरेका थिए । सोही दिन कैलाली क्षेत्र १ को क बाट प्रत्यक्ष निर्वाचित कैलाश चौधरीलाई पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले मन्त्रीका लागि सिफारिस गरिन् । उक्त सिफारिस बहुमत सांसदहरूले स्वीकार गरेनन् ।

    त्यसपछि वैशाख ३१ गते संसदीय दलको बैठक बसेर घनश्याम चौधरीलाई मन्त्री बनाउने निर्णय गरिएको थियो । दलका बहुमत सांसदहरूले घनश्याम चौधरीको नाममा निर्णय गरे पनि मुख्यमन्त्री कार्यालयमा भने रामेश्वरलाई मन्त्री बनाउने भन्दै सिफारिस गरेको खुलेको छ । घनश्याम चौधरी संसदीय दलका नेता हुन् । उनलाई मन्त्री बनाउने निर्णय गर्दा सहभागी नाउपाकै एक सांसदले मुख्यमन्त्री कमलबहादुर शाहलाई एउटाको नाममा निर्णय भएर अर्कोलाई मन्त्री बनाउने तयारी गरिएको भन्दै शपथ नगराउन जानकारी गराएका छन् ।

    ‘सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री सिफारिसका लागि औपचारिकरूपमा बैठक बसी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयमा मन्त्री पठाउने सम्बन्धमा व्यापक छलफल गरी कैलाली क्षेत्र नम्बर ३ को प्रदेश १ बाट निर्वाचित सांसद माननीय घनश्याम चौधरीलाई बहुमत सांसदले टुङ्गो लगाएको र सो निर्णय अनुरूप मुख्यमन्त्रीको कार्यालयमा पत्राचार गरेको थियो ’ मुख्यमन्त्री शाहलाई सांसद खुशीरामले दिएको जानकारी पत्रमा भनिएको छ, ‘तत्पश्चात् संसदीय दलका मन्त्री पठाउने कुनै निर्णय नभएको संसदीय दलको नेताले बैठक नबसाली कुनै निर्णय नगरी संसदीय दलको विधि विधान र ऐन कानूनविपरीत ढङ्गले माननीय धनश्याम चौधरीले माननीय रामेश्वर चौधरीलाई दिएको पत्रमा वैधानिकता नरहेकोले निजलाई शपथ ग्रहण नगराउन लागि यो निवेदन पेस गरेको छु । ’

    खुशीराम चौधरीसहितको हस्ताक्षरबाट दलको नेतालाई नै मन्त्रीमा पठाउने निर्णय भएको अहिले अर्कोलाई मन्त्री पठाउने तयारी गरिदा त्यो विषयमा कुनै निर्णय नभएको उनले मुख्यमन्त्रीलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

    खुशीराम चौधरीले संसदीय दलको नेताले गम्भीर त्रुटि गरेको भन्दै अनुशासन समितिलाई पनि उजुरी दिएका छन् ।

    घनश्याम चौधरीले मन्त्री बन्न रामेश्वर चौधरीलाई दिएको पत्रमा कुनै वैधानिकता नभएको उनको उजुरीमा उल्लेख गरिएको छ । संसदीय दलले सर्वसम्मत, अल्पमत वा बहुमत प्रणालीबाट मन्त्री छनोट गर्नु पर्नेमा दलको नेताले एकलौटी गरेको भन्दै दलको नेतामाथि छानबिन गरी कारवाहीको माग गरेका छन् ।

    संसदीय दलका नेता विधि र प्रक्रियाभन्दा बाहिर गएको हुँदा आफूले उजुरी दिनु परेको उनले बताए । दुवै पत्रमा मिति त्रुटि पूर्ण भेटिएको छ । उनले यस विषयमा हतारमा पत्र तयार गर्दा मितिमा केही गल्ती भएको भन्दै दुवै पत्र आजको रहेको पुष्टि गरे ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain