• रामेश्वरलाई वन मन्त्री बनाउने औपचारिक निर्णय नभएको भन्दै उजुरी

    जेठ २,  पहलमानपुर,  नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिमको संसदीय दलको नेता घनश्याम चौधरीलाई कारबाहीका लागि उजुरी परेको छ। प्रदेश सभा सदस्य खुशीराम डगौरा थारूले दलका नेता घनश्यामलाई अनुशासनको कारबाहीका लागि उजुरी दिएका हुन्। खुशीराम चौधरीले संसदीय दलको नेताले गम्भीर त्रुटि गरेको भन्दै अनुशासन समितिलाई उजुरी दिएका छन्। घनश्याम चौधरीले मन्त्री बन्न रामेश्वर चौधरीलाई दिएको पत्रमा कुनै वैधानिकता नभएको उनको उजुरीमा उल्लेख गरिएको छ। संसदीय दलले सर्वसम्मत, अल्पमत वा बहुमत प्रणालीबाट मन्त्री छनोट गर्नु पर्नेमा दलको नेताले एकलौटी गरेको भन्दै दलको नेतामाथि छानबिन गरी कारबाहीको माग गरेका छन्।

    विवादित अडिओ संवाद सार्वजनिक भएपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले चैत्र १६ गते राजीनामा दिएपछि नागरिक उन्मुक्ति पार्टीले मन्त्री पठाउने विषयमा विवाद बढेको हो। पार्टी अध्यक्ष रन्जिता श्रेष्ठलाई मङ्गलवार मन्त्रीको नाम दिन संसदीय दलका नेता घनश्याम चौधरीले पत्राचार गरेका थिए। सोही दिन कैलाली क्षेत्र– १ को (१)बाट प्रत्यक्ष निर्वाचित कैलाश चौधरीलाई पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले मन्त्रीका लागि सिफारिस गरेकी थिएन्। उक्त सिफारिस बहुमत सांसदहरूले स्वीकार गरेनन्का थिए।

    वैशाख ३१ गते संसदीय दलको बैठक बसेर घनश्याम चौधरीलाई मन्त्री बनाउने निर्णय गरिएको थियो। दलका बहुमत सांसदहरूले घनश्याम चौधरीको नाममा निर्णय गरे पनि मुख्यमन्त्री कार्यालयमा भने रामेश्वरलाई मन्त्री बनाउने भन्दै सिफारिस गरेपछि विवाद झन बढेको हो। संसदीय दलका नेता घनश्यामले मनोमानी गरेको भन्दै कारबाहीको माग गरिएको छ, यता, मुख्यमन्त्री कमलबहादुर शाहलाई रामेश्वर चौधरीलाई मन्त्रीको सफथ नगराउन पनि पत्राचार गरिएको छ। प्रदेश सभा सदस्य खुशीराम डगौरा थारूले मुख्यमन्त्री शाहलाई एउटाको नाममा निर्णय भएर अर्कोलाई मन्त्री बनाउने तयारी गरिएको भन्दै शपथ नगराउन पत्राचार गरेका हुन्।

    पत्रमा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री सिफारिसका लागि औपचारिकरूपमा बैठक बसी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयमा मन्त्री पठाउने सम्बन्धमा व्यापक छलफल गरी कैलाली क्षेत्र नम्बर ३ को प्रदेश १ बाट निर्वाचित सांसद माननीय घनश्याम चौधरीलाई बहुमत सांसदले टुङ्गो लगाएको र सो निर्णय अनुरूप मुख्यमन्त्रीको कार्यालयमा पत्राचार गरेको थियो। तत्पश्चात् संसदीय दलका मन्त्री पठाउने कुनै निर्णय नभएको संसदीय दलको नेताले बैठक नबसाली कुनै निर्णय नगरी संसदीय दलको विधि विधान र ऐन कानूनविपरीत ढङ्गले माननीय घनश्याम चौधरीले माननीय रामेश्वर चौधरीलाई दिएको पत्रमा वैधानिकता नरहेकोले निजलाई शपथ ग्रहण नगराउन लागि यो निवेदन पेस गरेको छु।’ खुशीराम चौधरीसहितको हस्ताक्षरबाट दलको नेतालाई नै मन्त्रीमा पठाउने निर्णय भएको अहिले अर्कोलाई मन्त्री पठाउने तयारी गरिदा त्यो विषयमा कुनै निर्णय नभएको उनले मुख्यमन्त्रीलाई लेखेको पत्रमा उल्लेख गरिएको छ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain