• रूख लागेर गम्भीर घाइते  राष्ट्रिय माध्यमिक विद्यालय सुखडका  शिक्षकको मृत्यु

    रूख लागेर गम्भीर घाइते  राष्ट्रिय माध्यमिक विद्यालय सुखडका  शिक्षकको मृत्यु

    जेठ २,  पहलमानपुर,   कैलालीमा हावाहुरीले ढलेको रूखले लागेर गम्भीर घाइते भएका शिक्षकको मृत्यु भएको छ।
    शुक्रवार बिहानको हावाहुरीले ढलेको रूखले चोट लागेका राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्राचार्य कर्णबहादुर भण्डारीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहले घोडाघोडी नगरपालिका–१, सुन्दर टोलका भण्डारीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको बताए। बिहान चलेको हावाहुरीका कारण सालको रुख ढल्दा ५२ वर्षीय भण्डारी घाइते भएका थिए ।

    भण्डारीलाई उपचारका लागि तत्काल घोडाघोडी अस्पताल, सुखड लगिएको थियो। तर, त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धनगढीको माया मेट्रो अस्पताल ल्याइएको थियो। भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain