• घोडाघोडी–५मा ३ महिने ( ३९० कार्य घण्टा)  सिलाई कटाई तालिम संचालन

    घोडाघोडी–५मा ३ महिने ( ३९० कार्य घण्टा)  सिलाई कटाई तालिम संचालन

    पहलमानुर, चैत्र २१, कैलालीको घोडाघोडी नगरपालिका–५ सरैयामा मुक्त कमलरीहरुलाई व्यवसायिक सीप विकासका लागि ३ महिने (३९० कार्य घण्टा) सिलाई कटाई तालिम तथा सिलाई कटाई मेसिन वितरण कार्यक्रम संचालन गरिएको छ । घोडाघोडी नगरपालिका वडा नं. ५ वनखेतको आयोजना तथा घोडाघोडी मल्टिपर्पोज एण्ड रिसर्च सेन्टरको सहकार्यमा घोडाघोडी नगरपालिका ५ सरैयाको खोप केन्द्र सभाहलमा कार्यक्रमको उद्घाटन भएको थियो । 

    कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लोक बहादुर चन्दले ३९० दिन सम्म लगनशिल भएर सिलाई कटाई सम्बन्धी राम्रो ज्ञान सीप लिइ सकेपछि सिकेका कुराहरू व्यवहारमा लागु गर्नुका साथै व्यवसायिक रुपमा लाग्न समेत आग्रह गरेका थिए । राम्रो व्यावसायि बनेर आत्मनिर्भर बन्न उनले सहभागीहरुलाई सुझाव दिएका थिए । यसले गर्दा महिलाहरूको जिविको पार्जनमा ठुलो टेवा पुग्ने उनको भनाई रहेको थियो ।

    घोडाघोडी नगरपालिका वडा नं. ५ स्तरिय मुक्त कमलरीहरुलाई व्यवसायिक सीप विकासका लागि ३ महिने सिलाई कटाई तालिम तथा सिलाई कटाई मेसिन वितरण कार्यक्रम संचालन गरिएको छ । र उक्त कार्यक्रममा समूहका २० जना महिलाहरूको सहभागिता रहेको छ ।

    मुक्त कमलरीहरुलाई व्यवसायिक सीप विकासका लागि ३ महिने सिलाई कटाई तालिम वाट उनिहरुको सीप विकास तथा क्षमता विकास गरी व्यवहरिक, व्यवसायिक ज्ञान सम्बन्धी जानकारी प्रदान गरी आम्दानी तथा खर्च व्यवस्थापन आर्थिक आम्दानी वृद्धि कार्यक्रममा सहभागीहरूले जनाएका थिए ।

    मुक्त कमलरीहरुलाई व्यवसायिक सीप विकासका लागि ३ महिने सिलाई कटाई तालिम कार्यक्रम घोडाघोडी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लोक बहादुर चन्दको सभाध्यक्षमा भएको कार्यक्रममा बुधैराम डंगौराको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन शेर बहादुर चौधरीले  गरेकी थिए ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain