


पहलमानपुर १०, स्वावलम्वन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय पहलमानपुर कैलालीको आयोजनामा चैत्र १० गते श्री कान्ति राज्य लक्ष्मी माध्यमिक विद्यायलको सभाहलमा Global Money Week अन्तरगत विद्यार्थीका लागि वित्तीय सारक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । श्री बुलबुले बहुमुखी क्यम्पस, श्री ज्ञान ज्योती विद्या मन्दिर र श्री कान्ति राज्य लक्षिी माध्यमिक विद्यालयको करिब एक सय ७२ जना विद्याथीहरुका साथै शिक्षक,कर्मचारी, जनप्रतिनिधिहरु तथा सुरक्षा निकाय लगायतको अतिथि गरि जम्मा एक सय ९२ जनको उपस्थिति रहेकोे थियो ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका लि.इलाका प्रवन्धक श्रीकुमारी गुरुङ्गकी सभाध्यक्षतामा भएको कार्यक्रम घोडाघोडी नगरपालिका वाड नं. १० का वडा सदस्य श्री रोहित बम प्रमुख अतिथि रहनु भएका थिए भने अतिथिमा श्री कान्ति राज्य लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यपक उमाकान्त मिश्र, ज्ञानज्योती विद्या मन्दिरका शिक्षक किशोर कठरिया,उद्योग वाणिज्य संघ पहलमानपुरका अध्यक्ष करण विष्ट,स्काउट प्रदेश स्तरको सदस्य भिम बहादुर अम्मै रहनु भएको थियो । भने घोडाघोडी गगरपालिका वडा नम्बर १० का वडा सदस्य र श्री कान्ति राज्य लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक उमाकान्त मिश्रले संयुक्त रुपमा पानसमा दियो बाली कार्यक्रमको उद्घाटन गर्नुको थियो । र उक्त कार्यक्रमको संचालन स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका लि सशायक श्री परिवर्तन रावल ले गर्नु भएको थियो ।

Global Money Week अन्तरगत वित्तीय साक्षरता र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको भुमिका वारे शाखा प्रवन्धक श्री मणिराज चेम्जोङले प्रस्तुत गर्नु भएका थियो । Global Money Week अन्तरगत वित्तीय साक्षरता कार्यक्रममा श्री बुलबुले क्याम्पसका विद्यार्थी मनोज सार्की, शेखर सिंह धामी स्कउटको क्रमेम्बर तथा श्री कान्ति राज्य लक्ष्मी माध्ययमिक विद्यँलयका विद्यार्थी जानकी जाशीले यस कार्यक्रम वाट धेरै ज्ञान हासिल गरेको बताउनु भएको थिए ।

बचत गर्ने तरिका,कर्जाको प्रकार र ग्रामिण वित्तीय स्रोतको वारेमा जानकरी र्भको बताए । त्यसै गरि ज्ञान ज्योती विद्या मन्दिर माध्यमिक विद्यालयका शिक्षक किशोर कठरियाले आफु कमर्शको शिक्षक भएको र विद्यार्थी संगै बसेर यो कार्यक्रममा सहभागी हुन पाएको र थप ज्ञान हासिल गर्न अवसर पाएकोमा हर्षित महशुस भएको बताउनु भएका थिए । स्काउटको प्रदेश स्तरको सदस्य वृद्धि आयुक्त शिक्षक भिम अम्मैले पनि स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले करियर बनाउन लागेका विद्यार्थीलाई सहभागी गराएर वित्तीय शिक्षा प्रदान गर्दा विद्यार्थीलाई आय आर्जन गर्न मभोभाव सृर्जना गरेको र आम्दानी संगै खर्चलाई नियन्त्रण गर्न सके मात्र बचत हुने र बचत भए मात्र लगानी गरे समृद्ध जीवन बन्ने भएकले सबै विद्यार्थीलाई यसको भरपुर फाइदा लिन अनुरोध गर्ने भएको थियो । यसैगरि वडा सदस्य श्री रोहित बलमे लघुवित्त वित्तीय संिस्थाले वित्तीय कारोबार संगै वित्तीय साक्षरता कार्यक्रम तथा सामाजिक उत्तर दायित्व अन्तरगत ग्रहाकलाई मात्र नभई विद्यार्थीहरुलाई समेत लघुवित्त वित्तीय साक्षरता कार्यक्रम संचालन गरेकोमा र यस कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी लागेको बताउनु भएको थियो ।


कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी