• अधिकार क्षेत्रलाई समेत नमानेको भन्दै जोशीपुरको एक वडाध्यक्षले कर्मचारीहरुलाई हाजिर लगाउन नदिएनन्

    अधिकार क्षेत्रलाई समेत नमानेको भन्दै जोशीपुरको एक वडाध्यक्षले कर्मचारीहरुलाई हाजिर लगाउन नदिएनन्

    कैलालीको जोशीपुर गाउँपालिका वडा नं। ४ मा कर्मचारीहरुलाई वडा अध्यक्ष रामजनम चौधरीले हाजिर लगाउन नदिए पछि वडाका कर्मचारीहरुले गाउँपालिकामा हाजिर लगाएका छन् । गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले आफ्नो अधिकार हनन् गरि एकाधिकार जमाएको भन्दै वडा पालिका मात्र नभई वडा नं। ४ कै आधारभुत स्वास्थ्य ईकाईका कर्मचारीहरुलाई समेत उनले आफ्नो कार्यालयमा हाजिर लगाउन दिएनन् ।

    वडामा ४४ लाख मात्र सिलिङ बजेट आएको र वडा नं। ४ को प्राथमिक स्वास्थ्य ईकाईको प्रमुख परिवर्तन गर्दा वडासँग कुनै समन्वय नगरे पछि उनले वडाका कर्मचारीहरुलाई वडामा हाजिर लगाउन नदिई हाजिर लगाउन गाउँपालिका पठाएको उनले बताएकाछन् ।

    जोशीपुर गाउँपालिकाको भौतिक विकासका संयोजक भए पनि भौतिक विकास अन्तरगतका विकासका योजनाहरु समेत गाउँपालिकाले आफ्नो मातहतमा लिई एकलौटी रुपमा कार्यसम्पादन गरिरहेको उनको गुनासो छ । जोशीपुरको विकासका लागि जनता मुखी योजना नभई कर्मचारी मुखी योजना बनाई रहेको उनले बताए ।

    उनले भने “सवै काम गाउँपालिकामै हुने भए वडापालिका किन चाहियो रु वडाध्यक्ष किन चाहियो रु वडाको सिफारिस पनि गाउँपालिकाले दिनु पर्छ ।”
    यस विषयमा गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीसँग कुरा गर्दा वहाँले भन्नु भयो “वडाबासीहरुको समस्या हेर्ने जिम्मा वडाको हो । वडाबासीहरुलाई स्वास्थ्य चाहियो कि चाहिएन रु सिफारिस चाहियो कि चाहिएन रु यस विषयमा वडाअध्यक्ष नै जिम्मेवार हुनु पर्दछ ।

    वडाका कर्मचारी तथा प्राथमिक स्वास्थ्य ईकाईका स्वास्थ्यकर्मीहरुलाई किन हाजिरी लगाउन दिइएन वडा अध्यक्षलाई सोधनुस् । रह्यो कुरा भौतिक विकासको । वहाँ संयोजक हुनुहन्थ्यो वहाँले मेरो अधिकार क्षेत्र भित्र दायाँवाँया, उल्टा–सुल्टा गरेपछि मैले वहाँको भौतिक विकास संयोजकको पद खोसेको हुँ । सवै वडामेरो लागि बराबर हो । एउटै वडामा बजेट हाल्न त सकिदैन । ४ नं। वडाको बजेट ४४ लाख भए पनि सम्पुरक बजेट १ करोड रहेको छ ।”

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain