• सुदूरपश्चिममा वर्षाः पहिरो खसेपछि ठाउँठाउँमा सडक अवरुद्ध

    सुदूरपश्चिममा वर्षाः पहिरो खसेपछि ठाउँठाउँमा सडक अवरुद्ध

    सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ। वर्षाका कारण खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ भने कतै बाढीका कारण स्थानीय जोखिममा परेका छन्।


    लगातारको बर्षाले पहिरो खसेपछि बैतडीको सतबाँझ–श्रीभावर सडक अवरुद्ध भएको छ। सुर्नया गाउँपालिका–४ बङसल्लामा पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगेको हो। सतबाँझ–श्रीभावर सडकमा नयाँ कटिङ भएका ठाउँमा पहिरो खसेको छ। उक्त सडक अवरुद्ध भएपछि सुर्नया गाउँपालिकाको केन्द्र आवतजावतमा समस्या भएको छ।


    प्रदेश गौरवको आयोजनाको रुपमा रहेको सतबाँझ–श्रीभावर सडकमा स्तरोन्नतीको काम भइरहेको छ। स्तरोन्नतीका लागि सडक डबल कटिङ गरेको र ठाउँ–ठाउँमा पहिरो खसेको यातायात व्यवसायी रामबहादुर बिष्टले बताए। बङसल्ला हुँदै सुर्नया गाउँपालिकाको केन्द्र जोड्ने र सनशेरीमाण्डौं हुँदै पालिकाको केन्द्र जोड्ने दुवै सडकमा पहिरो खसेको छ।


    बर्षाले बैतडीका तीन घरमा क्षति भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा एकरएक घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। वर्षापछि शनिबार दिउँसो दशरथचन्द नगरपालिका–९ गुवाडास्थित मनध्वज रानाको दुईतले कच्ची घर भत्किएको छ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain