एमाले कांग्रेस सरकामा नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुने भएको छ । आज नाउपाका नेता रेशम चौधारीले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका हुन् ।
नाउपाका संघमा चार सांसद छन् । चौधरीले एमाले–कांग्रेसको सरकार राष्ट्रिय सहमतिको सरकार भएको हुँदा आफ्नो पार्टी सरकारमा सहभागी हुने उनले जानकारी दिए ।
माओवादी नेतृत्वको सरकारमा पनि नाउपाका चार मध्ये तीन सांसदले विश्वासको मत दिएका थिए । सरकारमा सहभागी गराउने विषयमा भने ढिलाइ भएको थियो ।
केही दिन अघि मात्रै नाउपाको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट बहुमत सदस्यले हटाउँदै गङ्गा चौधरीलाई जिम्मेवारी दिएका थिए । नेता चौधरीले अब संसदीय दलको बैठकले यस विषयमा ठोस निर्णय गर्ने बताए ।
कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी