थारु लोक नृत्य संरक्षण सम्बन्धि तालिम एवं प्रवद्र्धनात्मक कार्यक्रम जोशीपुरमा सम्पन्न भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. ४ लालपुर वाँणी स्थित कुटनी बुह्रिया माता धार्मिक पर्यटन क्षेत्रमा भव्य समारोहका विच थारु लोक नृत्य संरक्षण सम्बन्धि तालिम एवं प्रवद्र्धनात्मक कार्यक्रम बुधवार सम्पन्न भएको हो ।
सुदुरपश्चि प्रदेश प्रज्ञा प्रतिष्ठानको आयोजना सिगास मिडिया सोसाईटी प्रा.लि. घोडाघोडी नगरपालिका १० पहलमानपुरको सह आयोजना र जोशीपुर गाउँपालिका स्तरिय थारु गुरुवा बैडवा सोरिह्रिनिया समाजको व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
थारु समाजको लोक तथा पौराणीक नाचहरुको दिगो संरक्षण गर्न प्रदेश सरकारको पहलमा सुदुरपश्चिम प्रदेश भरीका हरेक जातजातीहरुको भाषा, संस्कृति र पहिचान आ आफ्नै रहेकोले यसको संरक्षण गर्न प्रदेश सरकार अभिभाकत्वको भुमिका निर्वाह गर्दै प्रदेशमा हरेक जिल्लामा यस्ता किसिमको कार्यक्रमहरु गर्दै आई रहेको छ । सोही अनुसार कैलालीको जोशीपुर गाउँपालिकामा पनि पहिलो पटक यस्तो किसिमको कार्यक्रम गरिएको हो ।
थारु लोक नृत्य संरक्षण सम्बन्धि तालिम एवं प्रवद्र्धनात्मक कार्यक्रममा थारु गुरुवा बैडवा सोरिह्रिनिया समाजको सल्लाहकार संयोजक फट्टु प्रसाद डगौराको सभापत्विमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठनका उपकुलपती डा. टि. एन. जोशी रहनु भएको थियो भने विशिष्टि अतिथि जोशीपुर गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ४ का वडा अध्यक्ष राम जनम चौधरी रहेका थिए ।
यस्तै कार्यक्रममा वडा नं. ४ का महिला वडा सदस्य सुमित्रा चौधरी,दलित महिला वडा सदस्य दिलमाया विश्वकर्मा, वडा सदस्य बेफ राम चौधरी, संजित चौधरी , वडा नं. ४ का सम्पूर्ण गाउँ तथा टोलका भलमन्साहरु, जोशीपुर भलमन्स समाजका अध्यक्ष सक्त राम चौधरी, वाँणी कुला सिचाईका सदस्य वाँणी शिव मन्दिरका अध्यक्ष सन्त जागरण आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतका अतिथिहरु रहेका थिए ।
थारु गुरुवा बैडवा सोरिह्रिनिया समाजका सचिव राम बहादुर चौधरीको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रममा सोमैदास डगौरा, कुटनी बुह्रिया मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भैरव महतो माता शान्ती चौधरी लगायतका बक्ताहरुले बोल्नु भएको थियो । थारु लोक नृत्य संरक्षण सम्बन्धि तालिम एवं प्रवद्र्धनात्मक कार्यक्रम जोशीपुर गाउँपालिका भित्रको मुङग्रहवा नाच, हुदुङवा नाच, झुम्रा नाच, मघौटा ना र कठरिया समाजको बरका नाच लगायतको सांस्कृतिक झाकी प्रस्तुत गरिएको थियो ।
भने उक्त कार्यक्रममा सिगास मिडिया सोसाईटी प्रा.लि. तथा रेडियो मनको मझेरी ९१ मेगाहर्ज पहलमानपुरका प्रबन्ध निर्देशक विवश चौधरीले गर्नु भएको थियो । जोशीपुरको शान हामी सवैको मान कुटनी बुह्रिया माता धार्मिक सांस्कृति पर्यटन क्षेत्रको प्रचार प्रसार यसको उचित संरक्षण गर्नका लागि साझा बनाउने उद्देश्यका साथ कुटनी बुह्रिया माता धार्मिक शक्तिपिठमा कार्यक्रमको आयोजना गरिएको हो ।
कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी