• वडा प्रोफाईल निर्माणका लागि तथ्यांक संकलन अभिमुखिकरण कार्यक्रम थापापुरमा सम्पन्न दाता संकलन कार्य शुरु

    वडा प्रोफाईल निर्माणका लागि तथ्यांक संकलन अभिमुखिकरण कार्यक्रम थापापुरमा सम्पन्न दाता संकलन कार्य शुरु

    वडा प्रोफाईल निर्माणका लागि तथ्यांक संकलन अभिमुखिकरण कार्यक्रम थापापुरमा सम्पन्न भएको छ ।जिल्लाको भजनी नगरपालिका वडा नं.६ थापापुरमा वडा प्रोफाईल निर्माणका लागि तथ्यांक संकलन अभिमुखिकरण कार्यक्रम थापापुरमा सोमवार सम्पन्न भएको छ ।

    भजनी नगरपालिका वडा नं.६ को आर्थिक वर्ष २०८०÷०८१ म स्विकृत वार्षिक कार्यक्रम अन्तरगत भजनी नगरपालिका वडा नं. ६ ले आफ्नो वडाको विस्तृत विवरण संकलन गरि भौतिक, सामाजिक, आर्थिक, जनसंख्याको अवस्था लगायतको तथ्यपुर विवरण प्रवृस्त गर्ने सोचको आधारमा नगरपालिकामा पहिलो वडाको रुपमा वडा प्रोफाईल बनाउन लागेको हो ।

    वडा प्रोफाईल निर्माणका लागि तथ्यांक संकलनहरुलाई सोमवार १ दिने दाता संकलकहरुलाई अभिमुखिकरण गरेको छ । दाता संकलन पश्चात तुरुन्तै वडाको प्रोफाईल निर्माण गरिने भजनी नगरपालिका ६ नं. वडा का अध्यक्ष राम सागर चौधरीले बताउनु भएको छ । वडाको प्रोफाईल बिकास निर्माण गर्न अति जरुरी विषय भएको महसुश गर्दै भजनी नगरपालिकामै वडामा पहिलो पटक बनाउन लागेको अध्यक्ष चौधरीले जानकारी दिनु भएको छ ।

    वडा प्रोफाईल निर्माण गर्नका लागि वडा भित्रका प्रत्येक गाउँ तथा टोलवाट २÷२ जना दाता संकलनकर्ताहरुलाई अभिमुखिकरण गरि दाता संकलन कार्यमा खटाई सकिएको अध्यक्ष चौधरीले बताउनु भएको छ वडाको प्रोफाईल निर्माण कार्यमा १२ जना दाता संकलकहरुलाई जिम्मा दिइएको वडा सचिव देवेन्द्र कुमार चौधरीले जानकारी दिनु भएको छ ।

    भजनी नगरपालिका वडा नं. ६ को आर्थिक एवं प्राविधिक सहयोगमा घोडाघोडी मल्टिप्रपोज रिर्सच सेन्टरको परामर्शमा वडा प्रोफाईल निर्माण कार्य हुन लागेको हो भने उक्त कार्यमा विवश चौधरीले सहजीकरण गर्नु भएको थियो ।

    भजनी नगरपालिका वडा नं.६ का वडा अध्यक्ष राम सागर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य टिका राम चौधरी, श्याम लाल चौधरी र महिला वडा सदस्य एवं कार्यपालिका सदस्य शान्ती चौधरी लगायतको उपस्थिती रहेको थियो ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain