सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ।
आइतवार नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का लक्ष्मणकिशोर चौधरीले सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकोमा आज सुनुवाई हुने भएको हो। ‘‘नेपालको संविधानको धारा १६८ ९२० बमोजिम निवेदकलाई मुख्यमन्त्री पदमा नियुक्त गरी सरकार गर्न दिनुपर्ने संवैधानिक कर्तव्य भएका विपक्षी प्रदेश प्रमुखज्यू बाट च्युत भई मलाई सो अवसरबाट जबरजस्त वञ्चित गरेको निवेदक लक्ष्मणकिशोरको दाबी छ। ’’
उनले मुख्यमन्त्रीमा सोडारीको नियुक्त गैरसंवैधानिक भएको जिकिर गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका थिए। उनले दुई दिन म्याद थप्ने र सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको समेत माग गरेका छन्।
कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी