सुदूरपश्चिम सरकारविरुद्ध नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका चौधरीले आइतबार रिट दायर गरेका हुन् ।
रिटमा संविधानको धारा १६८९२०० अनुसारको सरकार गठनका लागि गरिएको आह्वान अनुरूप दाबी प्रस्तुत भइसकेपछि प्रदेश प्रमुखले आफूसँग नभएको अधिकार प्रयोग गरी समर्थन फिर्ताका लागि अवसर दिएर पुनस् आह्वान गरेको उल्लेख छ ।
चौधरीले प्रदेश प्रमुखबाट भएको असंवैधानिक कामु अन्तरिम आदेशबाट बदर गर्न माग गरेका छन् ।
चौधरीले विपक्षी दीर्घ सोडारीको पक्षमा दाबी गरिएको बहुमत उनीसँग नरहेको पनि जिकिर गरेका छन् । सोडारीको समर्थनमा उल्लेखित संख्यामध्ये नागरिक उन्मुक्तिका पाँच सदस्य आफूसँग रहेका कारण बहुमत नभएका व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरिएको उनको दाबी छ ।
उनले मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्नुपर्ने माग राखेका छन् ।
कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी