नागरिक उन्मुक्ति पार्टीका पाँच जना सांसदले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीले गरेको दाबीका बिरुद्ध प्रदेश प्रमुखलाई जानकारी गराएका छन् ।
बिहीबार एकीकृत समाजवादीका सोडारीले एमाले, माओवादी, नाउपासहितको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेलगत्तै नाउपाको असन्तुष्ट पक्षले आफूहरूको समर्थन नरहेको जनाएको हो ।कांग्रेस संसदीय दलका नेता तथा काम चलाउ मुख्यमन्त्री कमलबहादुर शाहको साथमा नाउपाका ५ सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।
नाउपाको बहुमत पक्ष कांग्रेससँगको गठबन्धनमा रहेकाले सोडारीको दाबीप्रति असहमति जनाएका हो । योसँगै सोडारीको दाबी विवादमा परेको छ ।
नाउपका ७ सांसदमध्ये कांग्रेससँग लक्ष्मणकिशोर चौधरीसहित ५ जना छन् भने कैलाश चौधरीसहित २ जना, एमाले, माओवादीसहितको गठबन्धन नजिक छन् ।
एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका ४, नाउपाका ७ गरी ३१ सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा सोडारीले दाबी पेस गरेका छन् । तर नाउपाका ५ जनाले असहमति जनाएपछि उनको दाबीमाथि प्रश्न उठ्न पुगेको छ ।
कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी