• घोडाघोडीमा सञ्चालित ‘कृषि हाट तथा थोक बजार’ का कृषकहरूलाई त्रिपाल र क्रेट वितरण

    घोडाघोडीमा सञ्चालित ‘कृषि हाट तथा थोक बजार’ का कृषकहरूलाई त्रिपाल र क्रेट वितरण

    कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा सञ्चालित कृषि हाट तथा थोक बजारका कृषकहरूलाई सामाग्री वितरण गरीएको छ । व्यवसायीक सेवा प्रदायक सञ्जालका संयोजक तथा कृषि शाखा प्रमुख जनक सि धामीले कृषकहरूलाई सामाग्री वितरण गरेका हुन् । ६० जना कृषकहरूलाई एक÷एक वटा त्रिपाल र क्रेट वितरण गरीएको छ ।

    अस्थाई रुपमा संचालन भइरहेको कृषि हाट तथा थोक बजारका कृषकहरूलाई विक्री वितरणमा केही राहत पुगोस् भन्ने उद्देश्यले त्रिपाल र क्रेट वितरण गरीएको बताईएको छ । केही दिन अगाडी दिगो विकास समाज भजनी कैलाली र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित महिला र प्रवासीहरूको आर्थिक पुनः स्थापना परियोजनाले व्यवसायीक सेवा प्रदायक सञ्जाललाई उक्त सामाग्रीहरू हस्तान्तरण गरीएको थियो ।

    मङ्गलवार ती सामाग्रीहरू कृषि हाट बजारका कृषकहरूलाई वितरण गरीएको हो ।स्थायी टहरा नहुँदा कृषकहरू त्रिपाल टाँगेर आफ्ना कृषि जन्य उत्पादनहरू विक्री वितरण गरीरहेका छन् । सुखडमा हरेक हप्ताको शनिवार र मङ्गलवार कृषि हाट बजार लाग्ने गर्दछ ।

    मङ्गलवार भने गाउँका कृषकहरूले आफ्ना कृषि जन्य उत्पादनहरू विक्री वितरण गर्छन् भने शनिवार सुखड लगायत बाहिरका व्यापारीहरू र कृषकहरूले कृषि जन्य उत्पादनहरू विक्री वितरण गर्ने गरेका छन् । एक दिनको हाट बजारमा करिब ७० देखी ८० कुण्डलको तरकारी विक्री वितरण हुने गरेको हाट बजार समितिले जनाएको छ ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain