• जङ्गलमा धराप थाप्ने थप ३ जना घोडाघोडीवाट पक्राउ

    जङ्गलमा धराप थाप्ने थप ३ जना घोडाघोडीवाट पक्राउ

    कैलालीको घोडाघोडी नगरपालिकाको जङ्गलमा विद्युतीय धराप थाप्ने थप ३ जना सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोडाघोडी–४ बस्ने ४९ वर्षीय जितबहादुर चौधरी, वर्ष ३८ का सुधराम चौधरी र पालिकाको वडा नम्बर ५ बस्ने ४० वर्षीय राजकुमार चौधरी रहेका छन् ।

    उनीहरूले जंंगली जनावरको सिकार गर्न गत माघ १० गते स्थानीय तुलसीपुर सामुदायिक वनमा थापेको धरापमा परि घोडाघोडी–१० का धनबहादुर शाहीको ज्यान गएको थियो भने मोहन्याल गाउँपालिका–३ का दुर्गा खत्री घाइते भएका थिए । घटनामा संलग्न घोडाघोडी–४ का मनीराम चौधरीलाई सुखड प्रहरीले यस अघि नै पक्राउ गरेको थियो ।

    “हामी अझै पनि घटनाको अनुसन्धानमै छौ । घटनामा संलग्न एक जनालाई माघ १७ मा पक्राउ गरि मुद्दा चलाएका छौ । आज फेरि ३ जना पक्राउ परे । अनुसन्धानले घटनामा भै रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain