• कुटनी बुह्रिया माता धार्मिक पर्यटन बिकास क्षेत्रको दश वर्षिय गुरु योजना निर्माणका लागि तथ्याङक संकलन अभिमुखीकरण कार्यक्रम झवहीमा सम्पन्न

    कुटनी बुह्रिया माता धार्मिक पर्यटन बिकास क्षेत्रको दश वर्षिय गुरु योजना निर्माणका लागि तथ्याङक संकलन अभिमुखीकरण कार्यक्रम झवहीमा सम्पन्न

    कुटनी बुह्रिया माता धार्मिक पर्यटन बिकास क्षेत्रको दश वर्षिय गुरु योजना निर्माणका लागि तथ्याङक संकलन अभिमुखीकरण कार्यक्रम झवहीमा सम्पन्न भएको छ ।जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. ४ लालपुर बाँणीमा रहेको देवी शक्तिपिठ कुटनी बुह्रिया माता धार्मिक पर्यटन बिकास क्षेत्रको दश वर्षिय गुरु योजना निर्माणका लागि आवश्यक पर्ने तथ्याङक संकलन सम्बन्धि तथयङक संकलकहरुलाई एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ ।

    कुटनी बुह्रिया माता धार्मिक क्षेत्रलाई देश तथा बिदेश सम्म यसको धार्मिक महत्व तथा स्थानिय कला संस्कृतिको प्रचार प्रसार गरि स्थानिय पर्यटन क्षेत्रको रुपमा बिकास गर्न जोशीपुर गाउँपालिकाको लक्ष्य रहेको छ । कुटनी बुह्रिया माता धार्मिक क्षेत्र एवं जोशीपुर गाउँपालिका भित्र रहेका अन्य पर्यटकीय सम्भावना रहेका ठाउँहरुको पहिचान गरि दश बर्षे गुरु योजना निर्मााण गर्न लागिएको जोशीपुर गाउँपालिका वडा नं. ४ का अध्यक्ष एवं गाउँपालिका प्रबक्ता राम जनम चौधरीले बताएका छन ।

    जोशीपुर गाउँपालिकाले पहिलो पटक धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुको पहिचान गरि गाउँपालिकाको पहिचान संग जोडेर पर्यटकीय क्षेत्रहरुको बिकास गर्न थालिएको हो । मलवारा क्षेत्रको एक आदिमकाल देखि धार्मिक विश्वासको रुपमा मानिएको कुटनी बुह्रिया माता मन्दिर क्षेत्रलाई आकर्षक रुपमा बिकास गर्न स्थानिय भाषा कला संस्कृति र धार्मिकताको आधारमा बिकास गर्ने लक्ष्यका साथ गत माघ महिनाको २८ गतेका दिन जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीले सत्र बुदे घोषणा पत्र जारी गर्दै पर्यटन क्षेत्र घोषणा गरेका छन।

    गाउँपालिकाले पर्यटन क्षेत्र घोषणा गरे पश्चात उक्त धार्मिक क्षेत्रको लागि आवश्यक पर्ने योजनाहरुका लागि दश वर्षे गुरु योजना निर्माण कार्य अगाडी बढाएको छ । उक्त गुरु योजना निर्माण कार्यमा प्राविधिक रुपमा आर्थिक एवं सामाजिक विशेषज्ञ डा. राम बहादुर चौधरी र विवश चौधरीले गरि राख्नु भएको छ भने तथ्याङक संकलन कार्यमा रेखा चौधरी, सम्झना चौधरी, रविना चौधरी रहेका छन ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain