• नेकपा एमालेको नवौँ कैलाली जिल्ला अधिवेशन सुखडमा उद्घाटन अहिलेको सरकार जनताप्रति उत्तरदायी नरहेको नेकपा एमालेका अध्यक्ष केपी ओलीको भनाई

    नेकपा एमालेको नवौँ कैलाली जिल्ला अधिवेशन सुखडमा उद्घाटन अहिलेको सरकार जनताप्रति उत्तरदायी नरहेको नेकपा एमालेका अध्यक्ष केपी ओलीको भनाई

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको धारणा राखेका हुन् । नेकपा एमालेको नवौँ कैलाली जिल्ला अधिवेशन सुखडमा उद्घाटन गर्दै अध्यक्ष ओलीले जता ततै भष्टचार र अनियमितता मौलाएको उनले बताएका छन् ।

    प्रचण्ड नेतृत्वको सरकारलाई निकम्माको संज्ञा दिएका ओलीले बलियाका पक्षमा मात्र काम गरिरहेको आरोप लगाएका हुन् ।धनुषा की आरती साह लाई न्याय दिन नसकेको उनको भनाई छ । एउटी महिलाले न्याय माग्दा उल्टै लछार पछार गर्ने गरेको उनको आरोप रहेको थियो ।

    क्विन्टलका क्विन्टल सुन आएको देख्दा पनि यो सरकारले कारबाही गर्न नसकेको अध्यक्ष केपी शर्मा ओलीको भनाई छ । ओलीले सुन तस्करीमा संलग्नलाई कारबाही गर्न खोज्दा आफ्नै मान्छे भेटेपछि छाडिदिने गरेको आरोप समेत लगाए । राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रता कमजोर भए पनि प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै उनले देशमा सुशासन नै नभएको उल्लेख गरे ।

    प्रधानमन्त्रीले बिना काम एक वर्ष बिताएको भन्दै ओलीले भाषणमा सच्चिन्छु भन्ने तर सच्चिने कहिले हो भनेर प्रश्न गरेका थिए । आफ्नो कार्यकालमा गरेका कामहरू अहिलेको सरकारले निरन्तरता नदिएको, वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न नसकिएको उनले बताए ।

    नेकपा एमालेको नवौँ कैलाली जिल्ला अधिवेशनमा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा,कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, पोलिटब्युरो सदस्य कर्ण थापा,स्थाईकमिटि सदस्य नारदमुनि राना लगायत विभिन्न नेतागणहरूले शुभकामना मन्तव्य राखेका थिए ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain