• सुर्तीजन्य तथा मदिराजन्य पदार्थको प्रचार सामग्री ७ दिनभित्र हटाउनुपर्ने जिल्ला प्रशासनको निर्देशन

    सुर्तीजन्य तथा मदिराजन्य पदार्थको प्रचार सामग्री ७ दिनभित्र हटाउनुपर्ने जिल्ला प्रशासनको निर्देशन

    सुर्तीजन्य तथा मदिराजन्य पदार्थको प्रचारप्रसार सामग्री सात दिनभित्र हटाउनुपर्ने निर्णय भएको छ। बिहीवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुर्तीजन्य र मदिराजन्य पदार्थको प्रचारप्रसार सामग्री सात दिनभित्र हटाई सक्नुपर्ने निर्णय गरेको हो।

    प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र महेन्द्रनगरको आयोजनामा कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतामा बसेको बैठले सरोकारवाला पक्षलाई सात दिनभित्र प्रचारप्रसार सामग्री सार्वजनिक ठाउँबाट आफैं हटाउन समय दिने निर्णय गरिएको छ।

    साथै प्रचारप्रसार सामग्री हटाउन दिइएको समयभित्र नहटाइए अनुगमन गरिने र अनुगमनको क्रममा नियमानुसार प्रचलित कानूनअनुसरण जरिवानासमेत गरिने निर्णय गरिएको छ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain