• घोडाघोडी मन्दिर परिसरमा नेपाल तरुण दलद्वारा सरसफाइ

    घोडाघोडी मन्दिर परिसरमा नेपाल तरुण दलद्वारा सरसफाइ

    १६ मसिंर,पहलमानपुर । कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिर परिसरमा सरसफाइ गरीएको छ । घोडाघोडी नगरकार्य समितिको आयोजनामा नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलद्वारा सरसफाइ गरिएको हो । मन्दिर भित्र रहेको फोहोर सङ्कलन तथा सरसफाइ गर्नुको साथै मन्दिर वरपरको फोहोरलाई सङ्कलन गरी सरसफाइ गरेको थियो ।

    घोडाघोडी मन्दिर तथा ताल घुम्न आउने पर्यटकलाई ताल तथा मन्दिर क्षेत्रको राम्रो म्यासेज सन्देश भनेर आफूहरूले सरसफाइ सुरु गरेको नगर अध्यक्ष महेन्द्र शाहले बताए । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सधैँ हातेमालो गरेर अगाडी बढ्ने उनले बताएका छन् । धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिरमा सरसफाइ लाई निरन्तरता दिने शाहले जानकारी दिए ।

    नेपाल तरुण दल घोडाघोडी नगर कार्यसमितिको आयोजनामा भएको सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, नेपाल तरुण दल तथा नेपाल विद्यार्थी सङ्घमा आबद्ध युवाहरू, नेपाली काँग्रेस बाट निर्वाचित वडा अध्यक्षहरू र नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain